एसिया कप छनाेटः नेपालकाे खराब सुरुवात, अाेमानसँग ७ विकेटले पराजित !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
१८ पटक हेरिएको
Shares
एसिया कप छनाेटः नेपालकाे खराब सुरुवात, अाेमानसँग ७ विकेटले पराजित !

सारांश

  • काठमाडाैँ, १३ भदाै ।
  • एसिया कप छनाेट प्रतियाेगिताकाे अाफ्नाे पहिलाे खेलमा नेपाल अाेमानसँग ७ विकेटले पराजित भएकाे छ ।
  • नेपालले दिएकाे २ सय २२ रनकाे लक्ष्य अाेमानले ३ विकेट गुमाएर ४८ अाैँ अाेभरमा पुरा गरेका हाे ।

काठमाडाैँ, १३ भदाै । एसिया कप छनाेट प्रतियाेगिताकाे अाफ्नाे पहिलाे खेलमा नेपाल अाेमानसँग ७ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे २ सय २२ रनकाे लक्ष्य अाेमानले ३ विकेट गुमाएर ४८ अाैँ अाेभरमा पुरा गरेका हाे ।

टस हारेर पहिले ब्याटिङ् गरेकाे नेपालले ९ विकेट गुमाउँदै २ सय २१ रन बनाएकाे थियाे । नेपालका लागि सागर पुनले ८३, ज्ञानेन्द्र मल्लले ४५ र अारिफ शेखले ३६ रन बनाउन बाहेक अरुले खासै राम्राे प्रदर्शन गर्न सकेनन् । करन केसीकाे अाक्रामक पारीका कारण नेपालले २ सय २१ रनकाे सम्मानजनक स्काेर बनाएकाे थियाे । उनले १० बलमा अभिजित २६ रन बनाएका थिए ।

अाेमानका लागि खाबर अलिले अभिजित ८४ रन बनाए भने जिसन मकसुदले अभिजित ४५ रन बनाएका थिए । पारस खड्काले एक विकेट लिनुबाहेक अन्य बलरलाई कुनै सफलता हात परेन । राेहित पाैडेल र सन्दिप लामिछानेले १\१ रन अाउट गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?