फिल्म निर्माता गोविन्द शाही ‘ठगी’मा पक्राउ
सारांश
- प्रहरीले चलचित्र ‘लिलिबिली’का एक निर्माता तथा कलाकार गोविन्द शाहीलाई बुधबार पक्राउ गरेको छ।
- महानगरीय अपराध महाशाखाले बुधबार काठमाडौँको कमलपोखरीबाट उनलाई पक्राउ गरेको हो।
- उनले ‘लिलिबिली’को हिसाबकिताब नदेखाएको भन्दै निर्देशक तथा निर्माता मिलन चाम्स र अर्का निर्माता सुदीप खड्काले गत वर्ष महाशाखामा उजुरी दिएका थिए।
प्रहरीले चलचित्र ‘लिलिबिली’का एक निर्माता तथा कलाकार गोविन्द शाहीलाई बुधबार पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाले बुधबार काठमाडौँको कमलपोखरीबाट उनलाई पक्राउ गरेको हो।
उनले ‘लिलिबिली’को हिसाबकिताब नदेखाएको भन्दै निर्देशक तथा निर्माता मिलन चाम्स र अर्का निर्माता सुदीप खड्काले गत वर्ष महाशाखामा उजुरी दिएका थिए। शाहीले फिल्म ‘लिलिबिली’ बाट आएको ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ लुकाएको भन्दै निर्माताद्वयले उजुरी दिएका थिए।
प्रहरीले शाहीलाई पक्राउ लगत्तै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको छ। अदालतले शाहीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया