कौन बनेगा करोडपती’ भन्दै ठगी !

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
कौन बनेगा करोडपती’ भन्दै ठगी !

सारांश

  • काठमाडौं, ५ जेठ।
  •    भारतीय टेलिभिजन आउने कार्यक्रम ‘कौन बनेगा करोडपती’का नाममा नेपालमा ठगी धन्दा बढेको छ।
  • त्यसरी ठगी गर्ने ५ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं, ५ जेठ।   भारतीय टेलिभिजन आउने कार्यक्रम ‘कौन बनेगा करोडपती’का नाममा नेपालमा ठगी धन्दा बढेको छ।

त्यसरी ठगी गर्ने ५ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धान गरी मुख्य नाइकेसम्मलाई पक्राउ गरकोे छ ।
पक्राउ पर्नेमा रविन खत्री, सञ्जय लामा, सञ्जिव लामा, नितिस कुमार र बेलाल अहमद छन्।
पक्राउ परेकामध्ये कुमार र अहमद भारतीय नागरिक हुन्।

उनीहरुले २५ लाखको चिठ्ठा परेको र त्यसको कर बापतको रकम पहिले नै पठाउनुपर्ने भन्दै पैसा लिएर ठगी गरेका हुन्।

डिएसपी अनुपम श्रेष्ठका अनुसार उनीहरुले इमो, भाइबर, म्यासेन्जर लगायत माध्यमबाट चिठ्ठा परेको भन्दै प्रलोभनमा पारेर कर बापतको पैसा मागी ठगी गरेका थिए। खत्रीलाई सुरुमा प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि थप अनुसन्धान गर्ने क्रममा मुख्य अभियुक्तहरु पक्राउ गर्न प्रहरी सफल भएको हो।

आफूहरुको पहिचान लुकाउन मनी ट्रान्सफरमार्फत उनीहरुले पैसा लिने गरेका थिए। पैसा लिएपछि फरार हुने गरेको पीडितले बताएका छन्।

भारतीय गिरोहरुले नेपालीहरुलाई लक्षित गरी चिठ्ठाका नाममा ठगी गर्दै आएकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि कामपामा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत
आजदेखि कामपामा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
हावाहुरीले बारामा ठूलो मानवीय क्षति, ज्यान गुमाउनेको संख्या २८ पुग्यो
हावाहुरीले बारामा ठूलो मानवीय क्षति, ज्यान गुमाउनेको संख्या २८ पुग्यो
नेपाली भूमिमा गाडिएको सीमास्तम्भ कांग्रेस कार्यकर्ताद्वारा तोडफोड
नेपाली भूमिमा गाडिएको सीमास्तम्भ कांग्रेस कार्यकर्ताद्वारा तोडफोड
आज कांग्रेस वैठक बस्दै, प्रदेश विधान नहुँदा नेता छान्न सकेन
विराटनगरमा विस्फाेट हुँदा एक बालककाे मुत्यु
विराटनगरमा विस्फाेट हुँदा एक बालककाे मुत्यु
आज यस्तो छ विदेशी विनिमयदर
आज यस्तो छ विदेशी विनिमयदर
आज दलहरुबीच सरकार ढाल्ने चलखेलदेखि संशोधन विधेयक असफल पार्न सांसद किनबेच भएकोबारेमा चर्चा
आज दलहरुबीच सरकार ढाल्ने चलखेलदेखि संशोधन विधेयक असफल पार्न सांसद किनबेच भएकोबारेमा चर्चा
स्थानीय तहका उम्मेदवारले खर्च विवरण बुझाएनन्
स्थानीय तहका उम्मेदवारले खर्च विवरण बुझाएनन्
अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ द्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ द्वारा थप आन्दोलनका कार्यक्रम घोषणा