कानुन विपरित क्यासिनोमा ५ विदेशी कामदार

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
|
२२ पटक हेरिएको
Shares
कानुन विपरित क्यासिनोमा ५ विदेशी कामदार

सारांश

  • काठमाडौं, २८ माघ – नेपालमा विदेशी लगानीमा स्थापना भएको पहिलो पाँचतारे ‘टाइगर प्यालेस रिसोर्ट’ को उच्च व्यवस्थापन हेरिरहेका पाँच विदेशी श्रम स्वीकृतिविनै काम गरिरहेको भेटिएको छ।
  • आजको नागरिक दैनिकमा सुशील भट्टराईले खबर लेखेका छन् ।
  • सम्बद्ध स्रोतका अनुसार निःशुल्क भिसामा नेपाल आएका उनीहरु विगत ६ महिनादेखि रुपन्देही तिलोत्तमा नगरपालिका–१७ कोटिहवामा पाँचतारे स्तरको रिसोर्ट टाइगर प्यालेसको क्यासिनोमा प्रबन्धकदेखि महाप्रवन्धकसम्मका तहमा कार्यरत छन्।

काठमाडौं, २८ माघ – नेपालमा विदेशी लगानीमा स्थापना भएको पहिलो पाँचतारे ‘टाइगर प्यालेस रिसोर्ट’ को उच्च व्यवस्थापन हेरिरहेका पाँच विदेशी श्रम स्वीकृतिविनै काम गरिरहेको भेटिएको छ।आजको नागरिक दैनिकमा सुशील भट्टराईले खबर लेखेका छन् ।

सम्बद्ध स्रोतका अनुसार निःशुल्क भिसामा नेपाल आएका उनीहरु विगत ६ महिनादेखि रुपन्देही तिलोत्तमा नगरपालिका–१७ कोटिहवामा पाँचतारे स्तरको रिसोर्ट टाइगर प्यालेसको क्यासिनोमा प्रबन्धकदेखि महाप्रवन्धकसम्मका तहमा कार्यरत छन्।

नेपालको कानुन अनुसार विदेशी नागरिकले नेपालमा श्रम स्वीकृती लिएर मात्रै काम गर्न पाउँछन्। तर, ती पाँच विदेशी भने श्रम स्वीकृतिबिना नै कार्यरत रहेको स्रोतको जानकारी थियो। उनीहरुबारे केही दिनयता अध्यागमन विभागले जानकारी लिइरहेको छ।

टाइगर प्यालेस रिसोर्टसहित त्यसमा संचालित क्यासिनोमा अष्ट्रेलियास्थित बहुराष्ट्रिय कम्पनी सिलभर हेरिटेज ग्रुपको ५ अर्ब २० करोड रुपैंयाँ लगानी छ।

यसको नेपाली साझेदार कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्राली हो। यही ग्रुपले काठमाडौंमा क्यासिनो मिलेनायर्स क्लब पनि संचालन गरिरहेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kyacee SB

    Cosino ra Casino.employer Nepal ko law bhanda mathi. Kanun lagdaina. Juwade. Jati Nepi lai. Staff. Ratmai. Kharab. Hunxa. Sansar mai dherai paisa kamaune Nepal ko casino. Staff. Ra tax tirdainan. Kasailai terdainan. Kina ki. Akut paisaxa. Sabai kindinxa ra thula. Atanka badi damuhako hat hunxa Donko hathunxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?