कानून कार्यान्वयनलाई चेतनास्तर बढाउनुपर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
३४ पटक हेरिएको
Shares
कानून कार्यान्वयनलाई चेतनास्तर बढाउनुपर्ने

सारांश

  • काठमाडौँ,१३ पुस ।
  • राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संविधान र ऐनमा भएको व्यवस्थालाई पूर्ण कार्यान्वयन गर्न जनताको चेतनास्तर बढाउनुपर्ने बताउनुभएको छ ।
  • समावेशी फाउण्डेशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले लामो सङ्घर्षपछि संविधानसभाबाट बनेको संविधानले दलितलगायत सबै समुदायलाई पर्याप्त अधिकार दिएको जानकारी दिनुभयो ।

काठमाडौँ,१३ पुस । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संविधान र ऐनमा भएको व्यवस्थालाई पूर्ण कार्यान्वयन गर्न जनताको चेतनास्तर बढाउनुपर्ने बताउनुभएको छ ।

समावेशी फाउण्डेशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले लामो सङ्घर्षपछि संविधानसभाबाट बनेको संविधानले दलितलगायत सबै समुदायलाई पर्याप्त अधिकार दिएको जानकारी दिनुभयो । “संविधान र त्यसअनुसार बनेका मौलिक र अन्य कानूनले जनतालाई पर्याप्त अधिकार दिएको छ,” उहाँले भन्नुभयो, “संविधान र ऐनको पूर्ण कार्यान्वयन गर्न जनतालाई ती अधिकारबारे पर्याप्त जानकारी गराउन जरुरी छ ।”

अध्यक्ष तिमिल्सिनाले विगतमा निश्चित समयभित्र मौलिक हकसम्बन्धी कानून निमार्ण गर्दा संसद्मा पर्याप्त छलफल हुन नसकेको स्वीकार गर्दै आगामी दिनमा संसद्ले पर्याप्त छलफल गरी कानून निर्माण तथा समयअनुसार परिमार्जन गर्ने विश्वास दिलाउनुभयो । कार्यक्रममा दलित समुदायका सांसद तथा अधिकारकर्मीले दलित तथा सीमान्तकृत समुदायका लागि विद्यमान कानूनमा गरिएका व्यवस्था र थप गर्नुपर्ने प्रावधान सम्बन्धी सुझाव व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?