मनसुनपछि ८५ को मृत्यु, ४६ बेपत्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २९, २०७७
|
|
५१ पटक हेरिएको
Shares
मनसुनपछि ८५ को मृत्यु, ४६ बेपत्ता

सारांश

  • सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ ।
  • प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मुलुकका विभिन्न भागमा भएका बाढी र पहिरोका घटनाबाट १३४ घर पूर्णक्षति भएको गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने बताउनुभयो ।
  • विसं २०७२ को भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, गोरखा र रसुवालगायतका जिल्ला नै बाढी पहिरोबाट अति जोखिम क्षेत्रका रुपमा रहेको जानकारी दिँदै गृहमन्त्रालयले हालसम्मको अवस्था विश्लेषणबाट प्रदेश नं २ का जिल्लामध्ये रौतहट बढी प्रभावित पाइएको बताएको छ ।

सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मुलुकका विभिन्न भागमा भएका बाढी र पहिरोका घटनाबाट १३४ घर पूर्णक्षति भएको गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने बताउनुभयो ।

विसं २०७२ को भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, गोरखा र रसुवालगायतका जिल्ला नै बाढी पहिरोबाट अति जोखिम क्षेत्रका रुपमा रहेको जानकारी दिँदै गृहमन्त्रालयले हालसम्मको अवस्था विश्लेषणबाट प्रदेश नं २ का जिल्लामध्ये रौतहट बढी प्रभावित पाइएको बताएको छ ।

बाढी पहिरोबाट १४ जिल्लाका ११ हजार घर उच्च जोखिमा रहेकामा ७०७ घर भने तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको जानकारी दिइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले बाढी र पहिरोबाट मध्यपहाडी र डुबानबाट तराईका जिल्ला अति जोखिममा रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विगत १० वर्षको मनसुनको अध्ययन विश्लेषण गर्दा मनसुन शुरु भएको ३० दिनको पहिलो अवधि बाढी पहिरोका हिसाबले डरलाग्दो हुने गरेको छ ।” बाढी पहिरोका जोखिमलाई दृष्टिगत गरी विपद् व्यवस्थापन प्रतिकार्य योजना बनाएर काम गरिरहेको जनाउँदै मन्त्रालयले विभिन्न स्थानमा राहत र उद्धार सामान व्यवस्थापन गोदाम र मानवीय सहायता केन्द्र स्थापना गरेको जनाएको छ ।

बाढी पहिरोबाट हालसम्म पर्वत, पाल्पा, बझाङ, गुल्मी, सिन्धुपाल्चोक, रुकुम, कास्की, जाजरकोट, दोलखा, सर्लाही, तनहँु र सखुवासभा जिल्लामा जनधन को क्षति भएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले एक अर्ब ८० करोड रकम मौज्दात रहेको सो अवसरमा जानकारी दिइयो ।

भूकम्पले धाँजा बनाएको पहाड, लगातार धेरै वर्षात् र अवैज्ञानिक तवरमा हुने विकास निर्माणले बाढी पहिरोका घटनालाई बढाउन सहयोग पु¥याएको मन्त्रालयको भनाइ रहेको छ । बाढी पहिरोबाट धनजन क्षति भएका परिवारलाई भूकम्प पीडितलाई दिइएको राहत र सहयोगअनुरुपकै विधि र प्रक्रियाका आधारमा राहत उपलब्ध गराउने सरकारले तयारी गरेको छ ।

सो अवसरमा सांसदहरुले राहत र उद्धारका योजना राम्रा भए पनि कार्यान्वयन फितलो रहेकाले तीन तहकै सरकार र स्थानीय नागरिकको समन्वयमा प्रभावकारी राहत र उद्धारका कार्यक्रम गर्न सरकारलाई सुझाव दिनुभयो ।

अज्ञानता र कमजोरीले जनधनको क्षति भएको छ ः गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले प्राकृतिक प्रकोपका घटनापछिको राहत र उद्धारका लागि कानून, संरचना, नीति र योजना निर्माणलाई वस्तुवादी र वैज्ञानिक बनाइदै लगिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विपद्को दोष प्रकृतिलाई दिन मिल्दैन, मानिसले सिर्जना गरेको हो, अज्ञानता र कमजोरीका कारण धनजनको क्षति हँुदै आएको छ । जनधनको रक्षाका लागि सरकारले प्रभावकारी कदम चालिरहेको छौ । ”

अव्यवस्थित बसोबास क्षतिको मुख्य कारक हो भन्दै गृहमन्त्री थापाले प्राकृतिक प्रकोपका घटनाको गहन समीक्षा गरेर वस्तुवादी नीति बनाइने दृढता व्यक्त गर्नुुभयो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कास्की क्षेत्र नम्बर १ को पछिल्लो परिणाम : एमालेका खगराज अधिकारीको अग्रता कायमै
कास्की क्षेत्र नम्बर १ को पछिल्लो परिणाम : एमालेका खगराज अधिकारीको अग्रता कायमै
सरकार निरंकुशतातर्फ उन्मुख भन्दै शान्ति समाजले गर्यो डा. केसी पक्राउको निन्दा
सरकार निरंकुशतातर्फ उन्मुख भन्दै शान्ति समाजले गर्यो डा. केसी पक्राउको निन्दा
आजको सूर्यग्रहणमा कुन राशिलाई के योग ?
आजको सूर्यग्रहणमा कुन राशिलाई के योग ?
पक्का भयो पार्टी एकता वैशाख ९ मा
पक्का भयो पार्टी एकता वैशाख ९ मा
प्रहरीलाइ फाेन गरेर अाफै पक्राउ पर्ने यी महासय !
प्रहरीलाइ फाेन गरेर अाफै पक्राउ पर्ने यी महासय !
एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण
एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण
पर्यटकलाई आकर्षण गर्दै पोखराको डेभिड फल्स
पर्यटकलाई आकर्षण गर्दै पोखराको डेभिड फल्स
धमाधम पक्राउ पर्दै माननीयहरु, नेकपा सांसद पार्वत गुरुङलाई पनि पक्राउ पूर्जी
धमाधम पक्राउ पर्दै माननीयहरु, नेकपा सांसद पार्वत गुरुङलाई पनि पक्राउ पूर्जी
सेती नदीको बाढी बस्तीमा पस्यो, ६० घरपरिवार सुरक्षित स्थानमा
सेती नदीको बाढी बस्तीमा पस्यो, ६० घरपरिवार सुरक्षित स्थानमा
रोमाञ्चक सुपर ओभरमा भारत विजयी, श्रीलंकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप
रोमाञ्चक सुपर ओभरमा भारत विजयी, श्रीलंकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप