काभ्रे घटना: मिटर ब्याजीदेखि गाँजाका एडिक थिए चालक !
सारांश
- काभ्रे १८ कात्तिक ।
- तीन जनाको ज्यान जाने गरी काभ्रेको मण्डन देउपुरमा भएको सवारी दुर्घटनाको वास्तविकता अझै बाहिर आउन सकेको छैन ।
- घटना घटेको एक साता बितिसक्दा पनि घटनाको वास्तविकता बाहिर आउन नसकेको हो ।
काभ्रे १८ कात्तिक । तीन जनाको ज्यान जाने गरी काभ्रेको मण्डन देउपुरमा भएको सवारी दुर्घटनाको वास्तविकता अझै बाहिर आउन सकेको छैन । घटना घटेको एक साता बितिसक्दा पनि घटनाको वास्तविकता बाहिर आउन नसकेको हो । प्रत्यक्षदर्शीहरु स्थानियहरुले भने घटना चालकको लापर्ववाहीको कारण भएको हुनसक्ने आंशका गरेका छन् । घटना पछि चालक तथा क्रसर तथा खानी व्यवसायी प्रदिप बोगटीको कुराहरु बाँझिएको भन्दै उनीहरुले घटनाको निश्पक्ष छानबिन माग गरिरहेका छन् ।
दुर्घटना स्थलको बाटो कुनै अप्ठ्यारो नहुनु र चालकले भने जस्तो विजुलीको तार पनि धेरै माथि हुनुले घटना रहस्यमयी बनेको हो । घटना लगत्तै चालक बोगटीले विजुलीको तार छल्न खोज्दा गाडी चिप्लीएर कोदोबारीमा पुगेको र पल्टदै गएको अभिव्यीक्त दिएपनि घटनास्थल हेर्दा उनको अभिव्यीक्त झुट देखिन्छ । नेपाल प्रहरीका डीआइजी सुशील भण्डारीको सुनियोजित ढंगले सवारी दुर्घटना गराई व्यापारिक पार्टनरले नै ज्यान लिएको हुनसक्ने आशंका स्थानिएहरुको छ । शनिवार काभ्रे जिल्लाको मण्डन देउपुर नगरपालिका – ५ ढकालथोकमा बा ३ च २८७ नम्बरको ल्याण्डक्रुजर जीप दुर्घटना हुँदा डीआइजी भण्डारीसहित तीनजनाको मृत्यु भएको थियो । जीपको पछाडि सीटमा सवार डीआइजी भण्डारी, स्थानीय पत्रकार जीवन पराजुली र कांग्रेस टेड युनियनका नेता विनोद कार्कीको मृत्यु भएको थियो ।
तर, कारका डाइभर एवं डीआइजी भण्डारीका व्यावसायिक पार्टनर पनौतीका प्रदीप बोगटीलाई भने कुनै चोट नलागेपछि सवारी दुर्घटना सुनियोजित भएको आशंका गरिएको हो । हेलम्बु मार्ग हुँदै नगरकोट जाने कच्ची सडकमा क्रसर उद्योग सञ्चालन गर्ने योजनाअनुसार, डीआइजी भण्डारी र गौतम व्यवसायी बोगटीसँग पार्टनरशीप व्यवसाय सञ्चालन गर्नका लागि जग्गा खरिद गर्न उक्त स्थानमा पुगेका थिए । चालक बोगटीले आफू गाडीमै रहेको र स्टेरिङ नछोडेकोले बाँचेको समेत बताएका थिए । तर प्रत्यक्षदर्शीहरुका अनुशार उनी सुरुमै हाम फालेका कारण बाच्न सफल भएका हुन् । त्यसोत कुनै ठूलो चोटपटक समेत नलाग्नु र बोगटीले भने जस्तो विजुलीको तारको अवस्था निक्कै भिन्न हुनुले घटना रहस्यमयी बनेको छ । उसोत घटना लगत्तै समान्य अवस्थामा रहेका बोगटीले घटनाको बारेमा तत्काल कसैलाई जानकारी नदिनु र मृतकहरुलाई सिरानी हाल्ने, टोपीले छोपिदिने लगायतका गतिविधि गर्दै बारीको तलमाथि गरेको स्थानियहरु बताउँछन् ।
स्थानियहरुलाई उनले सुरुमा आफू स्थानिय रहेको भन्दै समेत ढाटेका थिए । त्यसोत धुलिखेल अस्पतालले उनको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै डिस्चार्ज गर्दा समेत उनले प्रहरीलाई पटक पटक विएण्ड वि अस्पतालमा उपचारको लागि लगिदिन अनुरोध गरेका थिए । अस्पतालले डिस्चार्ज गरेलगत्तै बेहोस बनेका उनी केही दिन विएण्डवि अस्पतालमा समेत भर्ना भए ।
स्थानियहरुका अनुशार वोगटी र मृतक डिआइजी शुशिस भण्डारी बीच क्रसर तथा खानीमा लगानी थियो । उसोत बोगटी काठमाडौंका विभिन्न क्षेत्रमा जुवा खेलाउँदै मिटर ब्याजमा लगानी गर्ने समेत गर्दथे । उनको विगत हेर्ने हो भने उनी अपराधीक कृयाकलापमा समेत संगल्न थिए । उनका अर्का पाटनर युद्घ लामा पनि राजधानीका नाम चलेका डननै हुन् । उनी हप्ता अशुली, सुन तस्कर लगायतका दर्जनौ घटनामा मुछिएका छन् । लामा बोगटीकै आँडमा विभिन्न ठेक्का पट्टामा चनदा अशुलीमा समेत संलग्न छन् । घटनाको अर्को रहस्य बनेको चालक बोगटी अत्यधिक गाँजा सेवन गर्ने गरेको उनी निकटहरु बताउँछन् । कतै गाँजाको नशामा उनले सवारी साधन सडकबाट खसाल्न त पुगेनन् खोजिको विषय बनेको छ ।
प्रतिक्रिया