आजको तपाइँको राशिफल कस्तो छ ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
५३ पटक हेरिएको
Shares
आजको तपाइँको राशिफल कस्तो छ ?

सारांश

  • वि.
  • सं.
  • २०७५ साल असोज १२ गते।
वि.सं. २०७५ साल असोज १२ गते। शुक्रबार। इश्वी सन् २०१८ सेप्टेम्बर २८ तारिख।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूको मुख ताक्ने बानीले पछि परिनेछ। प्रतिफल हातपार्न केही समय लाग्नेछ। महत्त्वपूर्ण काम बीचमा रोकिनाले आयआर्जनमा समस्या पर्न सक्छ। सरसापटमा सञ्चित धन बाहिरिनेछ भने घरखर्च बढ्नाले कर्जा लिनुपर्ने आवश्यकता पर्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। तर धेरै समर्पणले पनि उपलब्धि गुम्न सक्छ, सजग रहनुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले साथ दिनेछन्। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम थालनी हुनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गुरुजनको सुझाव र सन्तानको सहयोग आजलाई विशेष लाभदायी बन्नेछ। व्यावहारिक अलमलले बाधा पुर्याए पनि लगनशीलताले सफलता दिलाउनेछ। समय लागे पनि रोकिएका काम प्रारम्भ गर्ने मौका छ। तारिफयोग्य कामले अरूको उपकार हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
केही संघर्ष गर्नुपरे पनि आँटेका काममा फाइदा हुनेछ। कृषिकर्म र व्यवसायमा मनग्गे लाभ हुनेछ। उद्योग र व्यापारमा पनि फाइदै हुनेछ। सहयोगीहरूले हात झिके पनि प्रतिस्पर्धीहरू सहयोगीका रूपमा देखा पर्नेछन्। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोलीको भरमा चिताएको काम हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने
कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने
बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र ‘इतिहासको जेल’ जापानमा प्रदर्शन
बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र ‘इतिहासको जेल’ जापानमा प्रदर्शन
यी सुन्दर शिक्षिकाको साइड जबबारे खुलासा हुँदा विद्यालयमा हंगामा
यी सुन्दर शिक्षिकाको साइड जबबारे खुलासा हुँदा विद्यालयमा हंगामा
जीवितै छ ‘कम्युन’
जीवितै छ ‘कम्युन’
केदारनाथमा हेलिकप्टर दुर्घटना, चालक सहित ७ जनाको मृत्यु
केदारनाथमा हेलिकप्टर दुर्घटना, चालक सहित ७ जनाको मृत्यु
सिके राउत कुर्लिए महन्थ ‘उपेन्द्र र लालबाबु भ्रष्ट नेता हुन्’
सिके राउत कुर्लिए महन्थ ‘उपेन्द्र र लालबाबु भ्रष्ट नेता हुन्’
चुनावमा सहभागी भएर लोकतान्त्रिक उत्सव सफल पारौंः प्रधानमन्त्री
चुनावमा सहभागी भएर लोकतान्त्रिक उत्सव सफल पारौंः प्रधानमन्त्री
लालसागरमा तनाव बढे पछि इरानले तैनाथ गर्‍यो युद्धपोत
लालसागरमा तनाव बढे पछि इरानले तैनाथ गर्‍यो युद्धपोत
नेकपाको एकता प्रक्रियाले पूर्णता नपाउँदा कार्यकर्ता निराश
नेकपाको एकता प्रक्रियाले पूर्णता नपाउँदा कार्यकर्ता निराश
संघीय संरचनामा पहिलो एसइई परीक्षा आजदेखि
संघीय संरचनामा पहिलो एसइई परीक्षा आजदेखि