कामरेड

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०७५
|
|
३० पटक हेरिएको
Shares
कामरेड

सारांश

  • शिव पौडेल कामरेड नभन मलाई म कामरेड होइन न हिजो थिएँ न आज हुँ न भोलि बन्छु जे भने पनि भन तर कामरेड नभन शब्द मिठो छ सुन्दा आनन्द लाग्छ भन्दा सजिलो पनि छ तर अब नभन्नू है उपहास हुन्छ मेरो होइन कामरेड शब्दको यसको गहिराईको यसको गरिमाको यसको इतिहासको र यसको जिम्मेवारीको म त्यो शब्द बोक्न नसक्ने मान्छे उक्त सम्बोधन नसुहाउने मान्छे शब्दको मर्मले मर्माहत मान्छे कामरेडको “क”बाट कटेको मान्छे त्यसैले मलाई कामरेड नभन आज भन्दै नभन र भोलि पनि नभन्नू कामरेड ती थिए जसले बलिदान दिए ज–जसले रगत बगाए आफ्नो पसिनाले आफ्नो मातृभूमि लछप्पै भिजाए सामाजिक न्यायको लागि आफू जेल नेल खाए हो, हजुर ती थिए कामरेड भन्ने भए तिनैलाई भन तर मलाई बिल्कुलै नभन ।
  • सुन्दा सुन्दर लागे पनि भन्दा सजिलो लागे पनि सम्बोधन ब्यक्ति सुहाउँदो हुनुपर्छ ब्यक्तिले त्यसको भार थामेको हुनुपर्छ हिजोको कामरेड आज नहुन पनि सक्छ कामरेड छोडेर सर र साहेब पनि बन्न सक्छ हिजोको लालसेना आज लडाकु मात्र भनिएझै हिजोका सर्वहारा आजका सम्पन्न भएजस्तै कामरेडको पनि मानमर्दन भएको छ त्यसैले कामरेड नभन कसैलाई र बिर्सेर पनि नभन मलाई कामरेडबाट रेड हराएको बेला छ आत्मभित्रबाट आत्मीयता गायब छ शब्द सस्तो बनाइएपछि यसको तौल बेलुन जति भएको छ जनवादी जनविरोधी सबै कामरेड भएपछि यसको मूल्यमान्यता र सर्वथोक हराएको छ यो उपहास र यो बिरोधाभाषको बेला कसैलाई कामरेड नभन र मलाई त झन् भुलेर पनि नभन ।
  • प्युठान, नेपाल ।

शिव पौडेल

कामरेड नभन मलाई
म कामरेड होइन
न हिजो थिएँ
न आज हुँ
न भोलि बन्छु
जे भने पनि भन
तर कामरेड नभन

शब्द मिठो छ
सुन्दा आनन्द लाग्छ
भन्दा सजिलो पनि छ
तर अब नभन्नू है
उपहास हुन्छ
मेरो होइन
कामरेड शब्दको
यसको गहिराईको
यसको गरिमाको
यसको इतिहासको
र यसको जिम्मेवारीको

म त्यो शब्द बोक्न नसक्ने मान्छे
उक्त सम्बोधन नसुहाउने मान्छे
शब्दको मर्मले मर्माहत मान्छे
कामरेडको “क”बाट कटेको मान्छे
त्यसैले
मलाई कामरेड नभन
आज भन्दै नभन
र भोलि पनि नभन्नू

कामरेड ती थिए
जसले बलिदान दिए
ज–जसले रगत बगाए
आफ्नो पसिनाले
आफ्नो मातृभूमि लछप्पै भिजाए
सामाजिक न्यायको लागि
आफू जेल नेल खाए
हो, हजुर ती थिए कामरेड
भन्ने भए तिनैलाई भन
तर मलाई बिल्कुलै नभन ।

सुन्दा सुन्दर लागे पनि
भन्दा सजिलो लागे पनि
सम्बोधन ब्यक्ति सुहाउँदो हुनुपर्छ
ब्यक्तिले त्यसको भार थामेको हुनुपर्छ
हिजोको कामरेड आज नहुन पनि सक्छ
कामरेड छोडेर
सर र साहेब पनि बन्न सक्छ
हिजोको लालसेना
आज लडाकु मात्र भनिएझै
हिजोका सर्वहारा
आजका सम्पन्न भएजस्तै
कामरेडको पनि मानमर्दन भएको छ
त्यसैले कामरेड नभन कसैलाई
र बिर्सेर पनि नभन मलाई

कामरेडबाट
रेड हराएको बेला छ
आत्मभित्रबाट आत्मीयता गायब छ
शब्द सस्तो बनाइएपछि
यसको तौल बेलुन जति भएको छ
जनवादी जनविरोधी सबै कामरेड भएपछि
यसको मूल्यमान्यता र सर्वथोक हराएको छ
यो उपहास र यो बिरोधाभाषको बेला
कसैलाई कामरेड नभन
र मलाई त झन् भुलेर पनि नभन ।

प्युठान, नेपाल । हाल : मुम्बई, भारत

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीले डोटीमा भने, ‘प्रचण्ड माकुने षडयन्त्र हुँदा पनि पार्टी सिद्धिएन्’
ओलीले डोटीमा भने, ‘प्रचण्ड माकुने षडयन्त्र हुँदा पनि पार्टी सिद्धिएन्’
‘राम्रा काम गर्न सरकारको नै मुख ताक्नुपर्छ भन्ने छैन: रक्षामन्त्री  पोखरेल
‘राम्रा काम गर्न सरकारको नै मुख ताक्नुपर्छ भन्ने छैन: रक्षामन्त्री पोखरेल
खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदैछ :  प्रधानमन्त्री दाहाल
खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदैछ : प्रधानमन्त्री दाहाल
श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध
श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध
महिला फुटबल–नेपाल भियतनामसँग पराजित
महिला फुटबल–नेपाल भियतनामसँग पराजित
यूवा गायक तिलक बस्नेतले ल्याए मेरो देश नेपाल
यूवा गायक तिलक बस्नेतले ल्याए मेरो देश नेपाल
‘नेपालीकै नेतृत्वमा संक्रमणकालीन न्याय टुंगो लगाऊ’
‘नेपालीकै नेतृत्वमा संक्रमणकालीन न्याय टुंगो लगाऊ’
प्रचण्डप्रति आक्रामक हुँदै ओलीले भने-मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने?
प्रचण्डप्रति आक्रामक हुँदै ओलीले भने-मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने?
निर्मलाका लागि न्याय माग्दै सुरु गरिएको धर्नामा डा. केसीको ऐक्यबद्धता
निर्मलाका लागि न्याय माग्दै सुरु गरिएको धर्नामा डा. केसीको ऐक्यबद्धता
नेकपा विवाद स्थायी समितिमा
नेकपा विवाद स्थायी समितिमा

तपाईंले छुटाउनुभयो कि?