प्रधानमन्त्रीले सात प्रदेशका मुख्यमन्त्रीलाई के भने !
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातवटै प्रदेशका मुख्यमन्त्रीहरु भेटघाट गरेका छन् ।
- प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका बिषयमा मुख्यमन्त्रीहरुसँग छलफल भएको थियो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातवटै प्रदेशका मुख्यमन्त्रीहरु भेटघाट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका बिषयमा मुख्यमन्त्रीहरुसँग छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीले नीति कार्यक्रम, बजेटका विषयमा स्थानीय, प्रदेश, केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनुपर्नेमा जोड दिए ।
“कार्यक्रमहरु नदोहोरिउन भनेर स्थानीय, प्रदेश, संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषदको बैठक आयोजना गर्नुपर्दछ । कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्छ” प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै मुख्यमन्त्री शेरधन राईले भने ।
प्रधानमन्त्री ओलीले हावाहुरी पीडित बारा र पर्साका बासिन्दालाई राहत पुनस्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया