काम नगरी बतासिएर हिड्ने एमाले अब काम लाग्दैन : महासचिव पोखरेल
सारांश
- काठमाडौं, १ जेठ ।
- रक्षामन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले स्थानीय स्तरका पार्टी कमिटीलाई बैठकका एजेण्डा बदल्न आग्रह गरेका छन् ।
- एमाले जिल्ला कमिटी ललितपुरको पार्टी सदस्यहरुको सपथ समारोहमा बोल्दै महासचिव पोखरेलले जिल्ला, क्षेत्र र शाखा कमिटीलाई आर्थिक उत्पादनसँग जनतालाई कसरी जोड्ने भन्ने विषयसहित केन्द्रीत भएर कमिटीका बैठकमा एजेण्डा तय गर्न आग्रह गरेका हुन् ।
काठमाडौं, १ जेठ । रक्षामन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले स्थानीय स्तरका पार्टी कमिटीलाई बैठकका एजेण्डा बदल्न आग्रह गरेका छन् । एमाले जिल्ला कमिटी ललितपुरको पार्टी सदस्यहरुको सपथ समारोहमा बोल्दै महासचिव पोखरेलले जिल्ला, क्षेत्र र शाखा कमिटीलाई आर्थिक उत्पादनसँग जनतालाई कसरी जोड्ने भन्ने विषयसहित केन्द्रीत भएर कमिटीका बैठकमा एजेण्डा तय गर्न आग्रह गरेका हुन् ।
अहिलेको आवश्यकता श्रम र काममा आधारित कार्यकर्ता भएकोे बताए । ‘कामबाट अलग भएको बतासिएर हिड्ने एमाले अब काम लाग्दैन’, मन्त्री पोखरेलले भने । कम्युनिष्टको ‘क’ र कामको ‘क’सँग मिल्नुपर्नेमा जोड दिए ।
रक्षामन्त्री समेत रहेका पोख्ररेलले एमाले नेतृत्वको सरकारको प्राथमिकतामा ‘जनताको सम्वृद्धि’ ल्याउनु भएको बताउँदैं श्रममा आधारित जनता र कार्यकर्ता उत्पादनतिर पार्टी कमिटीहरुको ध्यान केन्द्रीत हुनुपर्ने बताए ।
‘अब कार्यकर्ताले भुँइतिर फर्किएर हेर्नुप¥यो, यहाँयति धेरै घरेलु उद्योगका कुरा छन्, सहकारी आन्दोलन ठीक ढंगले अगाडि बढाउनुपर्ने छ । सहकारी कसरी फस्टाउँछ भन्ने कुरा अब जिल्ला, क्षेत्रीय र शाखा कमिटीको बैठकको एजेण्डा बनाउनुपर्छ’, उनले भने, ‘पाटनको हस्तकला कसरी प्रवद्र्धन गर्ने भन्ने कुरा अवको बैठकमा एजेण्डा बनाउनुस् र आर्थिक उपार्जनतिर जोड्नेमा ध्यान दिनुस् ।’ एमालेको अबको राजनीति जिन्दगीसँग गाँसिएको भन्दै महासचिव पोखरेलले अधिकार प्राप्तिको आन्दोलनमा जनतालाई धेरै दौडाइएकाले अबको राजनीति त्यस्तो नहुने स्पष्ट पारे ।
कम्युनिष्ट पार्टीमा पूर्णकालीन राजनीति अब चल्न नसक्ने स्पष्ट पारे । ‘पूर्णकालीन राजनीति गर्ने कुरा कुनै बेला खुब चल्थ्यो । तर काम के गर्छ भन्दा के गर्छ–गर्छ को स्थिति अब रहनु हुँदैन’ पोखरेलले भने, ‘म हातजोडेर भन्छु होलटाइमर नभए नहुनुस, बरु २४ घण्टामा दुई घण्टा मात्रै पार्टीलाई समय दिनुस, तर आर्थिक उत्पादनमा मज्जाले लाग्नुहोस, राज्यलाई कर तिर्नुस, वचेको समय पार्टी कामगर्नुस, अब हामीले खोजेको कार्यकर्ता यस्तो हो ।’
कार्यक्रममा केही समय अघि राप्रपा परित्याग गरी एमाले प्रवेश गरेका पूर्व सहमहामन्त्री बाबुकाजी प्रधान लगायतलाई महासचिव पोखरेलले सपथ खुवाएका थिए ।

Raj Kumar Tamang
Thik vanis
Murari Humagain
Very good kumrad keep it up
दिल लामा
5:basbarsata k 5: maina bani nadib ni vayo olli sarkar bichar garnu hola
Prem Pd Dhakal
Yo kuro chahi thikai bhanexa