बैंक लुटेर जेल परेका साह मुक्त हुँदा भव्य स्वागत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
बैंक लुटेर जेल परेका साह मुक्त हुँदा भव्य स्वागत

सारांश

  • काठमाडौं १७ माघ ।
  • राजविराज : बैंक लुटपाट गरेको अभियोगमा दुई वर्ष आठ महिना जेल सजाय भुक्तान गरेका ‘अनिल’ भनिने अरुणकुमार साह मंगलबार साँझ रिहा भए ।
  • सर्वोच्च अदालतको माघ १० गतेको परिपत्रका आधारमा रुपनी–१ रायपुरका साह रिहा हुँदा कारागार गेटमा धुमधामसाथ खुसियाली नै मनाइयो ।

काठमाडौं १७ माघ । राजविराज : बैंक लुटपाट गरेको अभियोगमा दुई वर्ष आठ महिना जेल सजाय भुक्तान गरेका ‘अनिल’ भनिने अरुणकुमार साह मंगलबार साँझ रिहा भए ।

सर्वोच्च अदालतको माघ १० गतेको परिपत्रका आधारमा रुपनी–१ रायपुरका साह रिहा हुँदा कारागार गेटमा धुमधामसाथ खुसियाली नै मनाइयो । रिहाको खबरपछि कारागार पुगेका तत्कालिन माओवादीका नेताहरु, सहकर्मी साथी, परिवारका सदस्यहरुले साहलाई खादा, माला, अविर नै लगाएर स्वागत गरे ।

मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को व्याख्या गर्दै सर्वोच्च अदालतले संहिता लागु हुनु पूर्वको अवस्थामा एक दिनको २५ रुपैयाँका दरले हुने गरी जरिवानावापत कैद तोकिएकोमा त्यस्तो पुर्जी संशोधन गरी परिपत्र गरेपछि साहको कैद भुक्तान भएको हो ।

बि.सं.२०५९ सालमा माओवादी जनयुद्धको बेला सप्तरीको नकटी रायपुर गाविसस्थित स्वावलम्बन विकास बैंकको १६ हजार रुपैयाँ कब्जा गरेको आरोपमा सप्तरी जिल्ला अदालतले २०७१ सालमा उनलाई ४९ महिना १५ दिनको जेल सजाय तोकेको थियो ।

माओवादी पार्टी परित्याग गरी नयाँ शक्तिमा प्रवेश गरेका साह ०७३ जेठ २३ गते पक्राउ परी कारगारमा थुनिएका थिए । माओवादी केन्द्रको राज्य कमिटी सदस्य परित्याग गरेका उनलाई नयाँ शक्तिले जिल्ला संयोजक बनाएको थियो ।

पक्राउ परेका बेला नयाँ शक्तिका जिल्ला संयोजक रहेका साहलाई भेटन नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई ०७३ पुस २४ गते राजविराज कारागार नै पुगेका थिए ।

साह निर्दोष रहेको भनी यसअघि परेको रिट सर्वोच्च अदालतले खारेज गरेको थियो । जनयुद्धकालका मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत सल्ट्याउनु पर्नेमा साहको मुद्दालाई ओझेलमा पारी कैद गरिएको भन्दै साहले असन्तुष्टि जनाउँदै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आँखा शिविरमा १७६ जनाको शल्यक्रिया
आँखा शिविरमा १७६ जनाको शल्यक्रिया
र्इटहरीमा भिषण अागलागी
र्इटहरीमा भिषण अागलागी
बाला चतुर्दर्शीको अबसरमा पशुपति मन्दिर परिसरमा भक्तजनहरुको भिड बड्दो ।(फाेटाे फिचर)
बाला चतुर्दर्शीको अबसरमा पशुपति मन्दिर परिसरमा भक्तजनहरुको भिड बड्दो ।(फाेटाे फिचर)
सरकार मिडियामैत्री वातावरणको पक्षमाः मन्त्री ज्ञवाली
सरकार मिडियामैत्री वातावरणको पक्षमाः मन्त्री ज्ञवाली
एमालेभित्र ओली र नेपालबीच कडा शक्तिसंघष हुने, केन्द्रीय कमिटीमा को कता
एमालेभित्र ओली र नेपालबीच कडा शक्तिसंघष हुने, केन्द्रीय कमिटीमा को कता
जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले  नयाँ राजनैतिक नक्सा जारी गऱ्यो
जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले नयाँ राजनैतिक नक्सा जारी गऱ्यो
Is Online Slots Real Money No Deposit Poker Bet?
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा
मृगौला प्रत्यारोपण गर्छु अनि ढुक्कले अझै ३ वर्ष सरकार चलाउँछुः ओली
मृगौला प्रत्यारोपण गर्छु अनि ढुक्कले अझै ३ वर्ष सरकार चलाउँछुः ओली
सवारी दुर्घटनामा तेस्रो पक्षको बीमा रकम बढाउने तयारी गर्दै यातायात व्यवस्था विभाग
सवारी दुर्घटनामा तेस्रो पक्षको बीमा रकम बढाउने तयारी गर्दै यातायात व्यवस्था विभाग

तपाईंले छुटाउनुभयो कि?