बार्सिलोना स्पेनिस ला लिगा उपाधि नजिक
सारांश
- एजेन्सी, २ वैशाख ।
- बार्सिलोना स्पेनिस ला लिगा उपाधि नजिक पुगेको छ ।
- शीर्ष स्थानको बार्सिलोनाले शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई २–१ ले पराजित गरेको हो।
एजेन्सी, २ वैशाख । बार्सिलोना स्पेनिस ला लिगा उपाधि नजिक पुगेको छ । शीर्ष स्थानको बार्सिलोनाले शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई २–१ ले पराजित गरेको हो।
बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेज र स्यामुएल उमटिटीले समान एक–एक गोल गरे । भ्यालेन्सियाका डानी परेजोले एक गोल फर्काए । यो जितसँगै बार्सिलोनाले ला लिगा फुटबलमा अपराजित यात्रामा नयाँ कीर्तिमान बनाएको छ । बार्सिलोनाले एकै सिजन ३९ खेलमा पराजित रहँदै रियल सोसिडाडले कीर्तिमान भंग गरेको हो ।
अब बार्सिलोनालाई उपाधि जित्न मात्र सात अंकको खाँचो रहेको छ । बार्सिलोनाले ३२ खेलबाट २ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा १४ अंकले अघि छ । एथ्लेटिकोको ६ अंक छ । पराजित भ्यालेन्सिया ६५ अंक जोडेर लिगको तेस्रो स्थानमा छ । स्पेनिस ला लिगामा जितको कीर्तिमान कायम गरे पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न असफल भएको छ ।
प्रतिक्रिया