पार्टी एकता हुन्छ, ६ नम्बर प्रदेशको मुख्यमन्त्री म नै हुँ : मन्त्री शाही

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
३६ पटक हेरिएको
Shares
पार्टी एकता हुन्छ, ६ नम्बर प्रदेशको मुख्यमन्त्री म नै हुँ : मन्त्री शाही

सारांश

  •   काठमाडौं, ११ पुस ।
  • नेकपा माओवादी केन्द्रका नेता एवम् विनाविभागीयमन्त्री महेन्द्रबहादुर शाहीले वाम गठबन्धन केबल चुनावी तालमेलको लागि मात्रै नभएकोले एमाले–माओवादी केन्द्रवीच तत्काल पार्टी एकता हुने विश्वास दिलाए ।
  • शाहीले एकताबाट कोही पनि भाग्न नमिल्ने धारणा राखे ।

 

काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रका नेता एवम् विनाविभागीयमन्त्री महेन्द्रबहादुर शाहीले वाम गठबन्धन केबल चुनावी तालमेलको लागि मात्रै नभएकोले एमाले–माओवादी केन्द्रवीच तत्काल पार्टी एकता हुने विश्वास दिलाए ।

शाहीले एकताबाट कोही पनि भाग्न नमिल्ने धारणा राखे । उनले भने,‘एकता हुन्छ, यसमा कुनै दुई मत छैन, एकताको लागि अहिले व्यापक छलफल भैरहेको छ, हामी आन्तरिक गृहकार्यमा जुटिसकेका छौं ।’ एकतापछि को पार्टीको अध्यक्षको बन्छ भनेर अहिले नै भन्न नसकिने समेत शाहीले स्पष्ट पारे ।

उनले अबको प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बन्न सक्ने समेत संभावना सुनाए । उनले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओली र हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जना प्रधानमन्त्री बन्नुहुन्छ, अध्यक्ष प्रचण्ड पनि प्रधानमन्त्री बन्ने ठूलो संभावना छ।’

कालिकोट प्रदेश सभा ‘ख’ बाट विजयी सांसद रहेका मन्त्री शाहीले राष्ट्रिय सभासम्बन्धी अध्यादेशको विवाद छिट्टै टुँग्गिने समेत विश्वास दिलाए । उनले भने, ‘एकल संक्रमणीय वाबहुमतीय भन्ने विवाद छ, अब हामी वीचको बाटो अपनाएर समाधान निकाल्छौं, यो विवाद चाँडै हल हुन्छ ।’

उनले आफू प्रदेशनम्बर ६ को मुख्यमन्त्रीको लागि योग्य उम्मेद्धवार भएको भन्दै यसमा आफ्नो दाबी हुनु स्वभाविक रहेको टिप्पणी गरे । उनले भने,‘अब हेरौं के हुन्छ, वाम गठबन्धनमा यसबारेमा छलफल जारी छ, म पनि संभावना भएको योग्य र सक्षम उम्मेद्धवार हुँ भन्ने मेरो दाबी छ ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kc Ganesh

    सबैले आफैलाइगतिलो र ठुलाे देख्ने भयर देस बिग्रेको ,जो जहाँ फिट हुन्छ पाटि ले तयार गर्नु पर्ने होनि ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?