कार्तिक लागेसँगै सुनको भाउ घट्यो, चाँदी भने स्थिर
सारांश
- कार्तिक महिनाको पहिलो कारोबार दिन सुनको भाउ ओरालो लागेको छ ।
- कार्तिक २ गते, आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो ।
- नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
कार्तिक महिनाको पहिलो कारोबार दिन सुनको भाउ ओरालो लागेको छ । कार्तिक २ गते, आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन असोज ३० गते सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । यसदिन चाँदी शुक्रबारकै मूल्य प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच हुँदैछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया