आफ्नो अपहरण आफैले रचेर परिवारलाई पैसा मागेपछि…

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ६, २०७६
|
|
१९ पटक हेरिएको
Shares
आफ्नो अपहरण आफैले रचेर परिवारलाई पैसा मागेपछि…

सारांश

  • काठमाडौं ।
  • रुपन्देही सिद्धार्थनगर ८ भैरहवाका २२ वर्षीय मोहम्मद कलामुद्दिन मुसलमानले आफैलाई अपहरण गरेको नाटक गरेपछि प्रहरीले फेला पारेको छ ।
  • वैशाख ५ गतेबाट हराएका थिए ।

काठमाडौं । रुपन्देही सिद्धार्थनगर ८ भैरहवाका २२ वर्षीय मोहम्मद कलामुद्दिन मुसलमानले आफैलाई अपहरण गरेको नाटक गरेपछि प्रहरीले फेला पारेको छ । वैशाख ५ गतेबाट हराएका थिए । उनी यस अघि पनि घरबाट निस्किएको हप्तौँ दिनसम्म घर आउँदैनथे।

यस पटक घरबाट निस्किएको एक महिना पुग्न लाग्दा उनले आफू अपहरणमा परेको मोवाइलबाट भाउजुलाई म्यासेज गरेका थिए । मोहम्मदको मोबाइल नम्बरबाट उनको भाउजू नम्बरमा देवर अपहरणमा परेको भन्दै म्यासेज मार्फत फिरौती रकम माग गरेका थिए ।

म्यासेजमा ‘मलाई अपहरण गरेर अध्याँरो ठाउँमा राखिएको छ, दुई लाख रुपैयाँ पठाइदिनुपर्यो’ भन्ने उल्लेख थियो । म्यासेज आएलगत्तै परिवारले प्रहरीलाई सम्पर्क गर्यो। परिवारसँग सबै विवरण लिएर प्रहरीले तत्काल खोजी सुरु गर्यो। प्रहरीले त्यही फिरौती मागिएको मोहम्मदको नम्बरबाट अनुसन्धान सुरु गरेपछि मोबाइलको ‘लोकेसन’ भैरहवास्थित सिद्धार्थ रंगशाला क्षेत्रमा देखायो।
प्रहरी टोली तत्काल रंगशाला क्षेत्रमा खोजतलासका लागि मुभ भयो। त्यहाँ त्यस्तो कुनै अपहरण गतिविधि पाइएन। फिरौती रकम २ लाख रुपैयाँबाट ५० हजारमा झरेपछि अपहरण नभई

अपहरणको नाटक रचिएको हुन सक्ने अवस्थामा पुगिएको रुपन्देही प्रहरीले अनुमान गरेको बताए ।
मोहम्मद आफैले आफ्नो अपहरणको नाटक रचेको प्रहरीले बताएको छ । उनलाई सकुशल परिवारको जिम्मामा लागउने प्रहरीको कर्तव्य भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?