देउवा सरकार प्रति आक्रोशित भीम रावल
सारांश
- नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएको बताएका छन्।
- गृहजिल्ला अछामका एमाले कार्यकर्ताहरुसँग आज ९शनिबार० काठमाडौंमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
- उनले भने, ‘५० दिनसम्म सरकार विस्तार नगर्ने यो अयोग्यता हो।
नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएको बताएका छन्। गृहजिल्ला अछामका एमाले कार्यकर्ताहरुसँग आज ९शनिबार० काठमाडौंमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। उनले भने, ‘५० दिनसम्म सरकार विस्तार नगर्ने यो अयोग्यता हो।यो सरकारका गतिविधि स्वाभिमानी कुनै देशभक्त नागरिकलाई मान्य हुँदैन।’ उनले तुइन घटनाबारे भारतसँग सोधीखोजी गर्न नसक्ने सरकारले जनताको प्रतिनिधित्व नगर्ने समेत औल्याएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया