सरकारले चाहे तत्काल रेल चलाउन सक्छौँ : महाप्रबन्धक झा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २५, २०७८
|
|
४५ पटक हेरिएको
Shares
सरकारले चाहे तत्काल रेल चलाउन सक्छौँ : महाप्रबन्धक झा

सारांश

  • सरकारले चाहे तत्काल जयनगर–कुर्था रेल चलाउन सक्ने नेपाल रेल्वे कम्पनीले बताएको छ ।
  •  जयनगर–कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गएकाे पुसमा नै रेल परीक्षण भइसकेको छ ।
  • यात्रु आवागमनका लागि भने रेल सञ्चालनमा आएको छैन ।

सरकारले चाहे तत्काल जयनगर–कुर्था रेल चलाउन सक्ने नेपाल रेल्वे कम्पनीले बताएको छ । जयनगर–कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गएकाे पुसमा नै रेल परीक्षण भइसकेको छ । यात्रु आवागमनका लागि भने रेल सञ्चालनमा आएको छैन । यद्यपि नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सबै तयारी पूरा भएकाले सरकारले चाहे तत्काल रेल चलाउन सक्ने बताउनुभएको छ ।

आज बुधवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महाप्रबन्धक झाले यस्तो बताउनुभएको हो । उहाँले रेल चलाउने विषयमा सरकार सकारात्मक रहेको जानकारी दिनुभयो । महाप्रबन्धक झाले रेल्वे कम्पनीले रेल सञ्चालनका लागि भाडा निर्धारण र कानुनसमेत बनाइ सकेको बताउनुभयो । उहाँले कम्पनी नयाँ भएकाले कम्पनी स्थापित गराउनका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

महाप्रबन्धक झाले भन्नुभयो, ‘सरकारले चाहेका बखतमा हामीले रेल चलाउन सक्छौं । सरकार पनि रेल सञ्चालन गर्ने विषयमा सकारात्मक छ । मन्त्रालय पनि यो विषयमा सकारात्मक छ । रेल विभागले पनि नजिकबाट सहयोग गरिरहेको छ । पछिल्लो समय केही प्राविधिक समस्याहरू भए पनि सरकारले चाहेको खण्डमा रेल सञ्चालन गर्न सक्छौँ । रेल सञ्चालन कहिले हुन्छ भनेर नागरिकहरू उत्साहित छन् । जसरी यात्रुहरू रेल चढ्न उत्साहित हुनुहुन्छ, त्योअनुसारले रेल सञ्चालनमा आउँदा घाटामा जाँदैन । रेल कम्पनीले नाफा कमाउन र जनतालाई यातायातको माध्यमलाई सहज बनाउने दुई वटै भूमिका खेल्नेछ ।’

नेपालले भारतीय रेल्वे कम्पनी कर्पोरेशनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल खरिद गरेर ल्याएको एक वर्षभन्दा बढी भएको छ । रेल खरिद गरेकाे एक वर्षपछि कुर्थासम्म ल्याएर गएकाे पुसमा परीक्षण गरेर राखिएको छ । अहिले पनि रेल जनकपुरमै त्रिपालमुनि थन्किएर बसेको छ । रेल सेवा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने तयारी भए पनि अहिलेसम्म मिति जुरेको छैन ।

भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल चलाउनका लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ । रेल खरिद गरेर ल्याएको लामो समयसम्म रेल सञ्चालमा आउन नसक्दा आमनागरिकको चासो बढेकाे छ । वर्षाैँदेखि बहुप्रतिक्षित रेलमा यात्रा गर्न आमनागरिक प्रतिक्षामा बसिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजारमा आयो यसपालि तीजमा तहल्का मच्चाउने यस्तो गीत (भिडियोसहित)
बजारमा आयो यसपालि तीजमा तहल्का मच्चाउने यस्तो गीत (भिडियोसहित)
संसद पुनःस्थापना नभई चुनाव भए के होला
संसद पुनःस्थापना नभई चुनाव भए के होला
मुख्यमन्त्री शाह भन्छन् :  सरकारले छिट्टै पूर्णता पाउँछ
मुख्यमन्त्री शाह भन्छन् : सरकारले छिट्टै पूर्णता पाउँछ
गगन थापाको श्रीस्वस्थानी पात्रहरु : केपी ओली, विष्णु पौडेल र गोकुल बास्कोटा
गगन थापाको श्रीस्वस्थानी पात्रहरु : केपी ओली, विष्णु पौडेल र गोकुल बास्कोटा
ओलीले माओवादीको र प्रचण्डले एमालेको केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने (सातै बुँदासहित)
ओलीले माओवादीको र प्रचण्डले एमालेको केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने (सातै बुँदासहित)
Tips on how to Keep the Spark Alive
संक्रमितको संख्या २८ लाख नाघ्यो, मृतकको संख्या २ लाख नजिक
संक्रमितको संख्या २८ लाख नाघ्यो, मृतकको संख्या २ लाख नजिक
कोटेश्वर लोकन्थली जाम हटाउने ‘मनोहरा कोरिडोर विधाननगर बेलिब्रिज’ शिलान्यास
कोटेश्वर लोकन्थली जाम हटाउने ‘मनोहरा कोरिडोर विधाननगर बेलिब्रिज’ शिलान्यास
यसरी भैइरहेको छ जिल्ला प्रमुखकै मिलेमतोमा अनधिकृत रुपमा गिट्टी बालुवा उत्खनन !
यसरी भैइरहेको छ जिल्ला प्रमुखकै मिलेमतोमा अनधिकृत रुपमा गिट्टी बालुवा उत्खनन !
दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार प्राज्ञ प्रभातलाई
दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार प्राज्ञ प्रभातलाई