मन्त्रिपरिषद्को निर्णय : निगमको अध्यक्षमा खरेल, ठगी मुद्दामा सरकार वादी हुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
५९ पटक हेरिएको
Shares
मन्त्रिपरिषद्को निर्णय : निगमको अध्यक्षमा खरेल, ठगी मुद्दामा सरकार वादी हुने

सारांश

  • काठमाडौँ ।
  • नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सरकारले मदन खरेललाई नियुक्त गरेको छ ।
  • शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खरेललाई सदस्यका रुपमा नियुक्त गरेको थियो ।

काठमाडौँ । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सरकारले मदन खरेललाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खरेललाई सदस्यका रुपमा नियुक्त गरेको थियो ।
नियमत पर्यटन सचिवले अध्यक्षता गर्नुपर्ने निगमको संचालक समितिमा उनलाई शुक्रबार ल्याइएको थियो । आइतबारको बैठकबाट कार्यकारी अध्यक्षका रुपमा नियुक्त गरेको हो।

खरेल भन्दा अघि संचालक समितिको अध्यक्षमा पर्यटन सचिव कृष्ण देवकोटा थिए भने महाप्रबन्धकमा सुगतरत्न कशांकार छन्। कार्यकारी अध्यक्षमा खरेललाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

त्यसैगरी नेपालगञ्जको खजुरामा रहेको कपास विकास समितिको नाम परिवर्तन गरी राष्ट्रिय कपास विकास समिति बनाउने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले मुलुकी फौजदारी (अपराध) संहिताको अनुसूची हेरफेर गरी सबै प्रकारका ठगी मुद्दाको बादी नेपाल सरकार हुने गरी संशोधन गरेको छ । अबदेखि सबै ठगी मुद्दामा सरकार नै वादी भएर मुद्दा लड्नेछ ।

त्यसैगरी सरकारले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले चालू आर्थिक वर्षका लागि एक लाख टन चिनीको कोटा निर्धारण गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

बैठकले नेपालको संविधानको धारा २७७ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट प्रकारको योगदान पु-याउने विभिन्न व्यक्तिलाई विभूषित गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोल्पामा ट्रेक्टर दुर्घटना हुँदा १२ वर्षीय बालकसहित २ जनाकोे मृत्यु
रोल्पामा ट्रेक्टर दुर्घटना हुँदा १२ वर्षीय बालकसहित २ जनाकोे मृत्यु
सरकारले  कल सेन्टर सुरु गर्दै सर्वसाधारणको गुनासो अब सिधै प्रधानमन्त्री र मुख्यसचिवले सुनुवाई गर्ने
सरकारले कल सेन्टर सुरु गर्दै सर्वसाधारणको गुनासो अब सिधै प्रधानमन्त्री र मुख्यसचिवले सुनुवाई गर्ने
चुनाव लड्न धमाधम राजिनामा दिदै शिक्षक देखि सरकारी कर्मचारी
चुनाव लड्न धमाधम राजिनामा दिदै शिक्षक देखि सरकारी कर्मचारी
नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
काभ्रेपलाञ्चोकमा ४३ मतदान केन्द्र थप
काभ्रेपलाञ्चोकमा ४३ मतदान केन्द्र थप
साफ च्याम्पियनसिप फूटबलः नेपालकाे ३-० काे अग्रता, सुनिल बल र भरत खवासकाे १/१ गाेल !
साफ च्याम्पियनसिप फूटबलः नेपालकाे ३-० काे अग्रता, सुनिल बल र भरत खवासकाे १/१ गाेल !
बिमस्टेक सम्मेलनमा भाग लिन यी विशिष्ट पाहुना काठमाडौंमा
बिमस्टेक सम्मेलनमा भाग लिन यी विशिष्ट पाहुना काठमाडौंमा
जसपाको केन्द्रीय समिति बैठक आह्वान
जसपाको केन्द्रीय समिति बैठक आह्वान
SC orders Rajinikanth’s wife Latha to face trial for non-payment of dues!
SC orders Rajinikanth’s wife Latha to face trial for non-payment of dues!
राष्ट्रपतिले प्रधानन्यायधीशबाट ४ बजे सपथ लिने
राष्ट्रपतिले प्रधानन्यायधीशबाट ४ बजे सपथ लिने