लुम्बिनी विकास कोषलाई दिएकाे बिजुलि बस साझा यातायातलाइ कसरी?
सारांश
- काठमाडौं , ६ कात्तिक ।
- साझा यातायातले मंगलबारदेखि काठमाडौंमा विद्युतबाट चल्ने बस सञ्चालनमा ल्याएको छ ।
- बिजुली बस नाम दिइएको उक्त बस सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकबाट सिंहदरबारसम्म यात्रा गरे ।
काठमाडौं , ६ कात्तिक । साझा यातायातले मंगलबारदेखि काठमाडौंमा विद्युतबाट चल्ने बस सञ्चालनमा ल्याएको छ । बिजुली बस नाम दिइएको उक्त बस सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकबाट सिंहदरबारसम्म यात्रा गरे । बसमा प्रधानमन्त्री ओलीसँगै पर्यटनमन्त्री रवीन्द्र अधिकारी, र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलगायतले पनि यात्रा गरेका थिए । प्रधानमन्त्री ओलीले सन् २०२० सम्म २० प्रतिशत विद्युतीय बस चल्ने दाबी गरे।
एसियाली विकास बैंक (एडीबी) ले लुम्बिनी विकास कोषलाई पाँच वटा बिजुली बस दिएको हो । तर, लुम्बिनीमा पूर्वाधार नबनेकाले हाललाई साझा यातायातको व्यवस्थापनमा काठमाडौं उपत्यकामा सञ्चालन गर्ने सहमति भएको छ । गौतमबुद्ध विमानस्थल नबनेसम्म उपत्यकामा बिजुली बस चलाउने सहमति भएको साझा यातायातका निमित्त कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । ‘लुम्बिनीमा पूर्वाधार नबनिसकेकाले हाललाई साझाको व्यवस्थापनमा उपत्यकामा चलाउने घोषणा गरिएको हो, उनले भने ।उनका अनुसार चिनियाँ कम्पनीले निर्माण गरेको बिजुली बसमा चालकसहित २० सिटको क्षमता छ ।
प्रतिक्रिया