भूपू विद्यार्थीद्वारा विद्यालयलाई २४ लाख सहयोग

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १४, २०७४
|
|
२७ पटक हेरिएको
Shares
भूपू विद्यार्थीद्वारा विद्यालयलाई २४ लाख सहयोग

सारांश

  • राइनास, लमजुङ, १४ फागुन,लमजुङको एक विद्यालयलाई भूपू विद्यार्थीले करिब रु २४ लाख सहयोग गरेका छन् ।
  • राइनास–१० स्थित बुद्धमिलन माध्यमिक विद्यालयलाई हाल बेलायतमा रहेका भूपू विद्यार्थीले सहयोग गरेका हुन् ।
  • एक कार्यक्रमका बीच आइतबार विद्यालयलाई रु २३ लाख, ६५ हजार ७९७ हस्तान्तरण गरिएको थियो ।

राइनास, लमजुङ, १४ फागुन,लमजुङको एक विद्यालयलाई भूपू विद्यार्थीले करिब रु २४ लाख सहयोग गरेका छन् ।

राइनास–१० स्थित बुद्धमिलन माध्यमिक विद्यालयलाई हाल बेलायतमा रहेका भूपू विद्यार्थीले सहयोग गरेका हुन् । एक कार्यक्रमका बीच आइतबार विद्यालयलाई रु २३ लाख, ६५ हजार ७९७ हस्तान्तरण गरिएको थियो । विद्यालयको शैक्षिक गुणस्तरको लागि बेलायतमा रहेका नेपालीसँग सहयोग संकलन गरिएको संकलन अभियानका संयोजक रुद्रराज गुरुङले बताउनुभयो ।

संयोजक गुरुङको टोलीले नगरपालिकाका उपप्रमूख धनकुमारी गुरुङको रोहवरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार श्रेष्ठ, प्रधानाध्यापक अम्बरबहादुर न्यौपानेलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

लमजुङमा असिनाले व्यापक क्षति

लमजुङमा असिनाले व्यापक क्षति पुयाएको छ । आईतवार अपराह्न परेको असिनाले मध्यनेपाल नगरपालिकामा अत्यधिक क्षति पु¥याएको हो ।

असिनाले तरकारीबाली तथा फलफूलमा व्यापक क्षति पु¥याएको स्थानीय खेमराज पौडेलले जानकारी दिनुभयो । असिनापानीले किसानको तरकारी बालीसहित फुल्दै गरेको आँप, नासपाती, आल्चालगायत फलफूल सखाप पारेको पौडेलले बताउनुभयो ।

असिनापानीले व्यापक क्षति बनाएपछि किसान मर्कामा परेको भन्दै मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले पीडित किसानलाई उचित क्षतिपूर्तिको लागि पहल गर्ने बताउनुभयो ।

(sweetfixbaker.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकीमा कुन दललाई कति मन्त्रालय ?
गण्डकीमा कुन दललाई कति मन्त्रालय ?
यसकारण सरकारले गुमायो भ्याट बापतको ४ अर्ब रुपैयाँ !
यसकारण सरकारले गुमायो भ्याट बापतको ४ अर्ब रुपैयाँ !
एक किलो चाँदीसहित भारतीय पक्राउ
एक किलो चाँदीसहित भारतीय पक्राउ
‘चेन अफ कमान्ड’भन्दा बाहिर सुरक्षा प्रणाली चल्न सक्दैन : गृहमन्त्री श्रेष्ठ
‘चेन अफ कमान्ड’भन्दा बाहिर सुरक्षा प्रणाली चल्न सक्दैन : गृहमन्त्री श्रेष्ठ
जीबी राइलाई खोज्न विश्वभरका प्रहरीलाई बाटो खुल्यो
जीबी राइलाई खोज्न विश्वभरका प्रहरीलाई बाटो खुल्यो
इजरायलमा अक्टोबर ७ स्मरण : गाजा युद्ध अन्त्यका लागि वार्ता जारी
इजरायलमा अक्टोबर ७ स्मरण : गाजा युद्ध अन्त्यका लागि वार्ता जारी
उदयपुरमा सुमो दुर्घटना: मृत्‍यु हुनेको संख्या ७ पुग्यो
उदयपुरमा सुमो दुर्घटना: मृत्‍यु हुनेको संख्या ७ पुग्यो
ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने
ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने
उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने
उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने
उद्धव थापाको सपथ समारोह हिक्मत कार्कीद्वारा बहिष्कार,सिट नराखेको गुनासो
उद्धव थापाको सपथ समारोह हिक्मत कार्कीद्वारा बहिष्कार,सिट नराखेको गुनासो

तपाईंले छुटाउनुभयो कि?