कार्यपालिका सदस्यको परिवारलाई सात लाख आर्थिक सहयोग

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २, २०७६
|
|
२६ पटक हेरिएको
Shares
कार्यपालिका सदस्यको परिवारलाई सात लाख आर्थिक सहयोग

सारांश

  • बरियारपट्टी गाउँपालिकाले केही महिनाअघि ग्यास सिलिन्डर विस्फोटमा परी निधन भएका आफ्ना कार्यपालिका सदस्य ललिताकुमारी यादवको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
  • मृतक यादवका परिवारलाई गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले रु सात लाखको चेक हस्तान्तरण गर्नुभयो ।
  • मृतक यादवका जेठा छोरा तुलसीरामलाई उक्त चेक हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष महतोले जानकारी दिनुभयो ।

बरियारपट्टी गाउँपालिकाले केही महिनाअघि ग्यास सिलिन्डर विस्फोटमा परी निधन भएका आफ्ना कार्यपालिका सदस्य ललिताकुमारी यादवको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । मृतक यादवका परिवारलाई गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले रु सात लाखको चेक हस्तान्तरण गर्नुभयो । मृतक यादवका जेठा छोरा तुलसीरामलाई उक्त चेक हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष महतोले जानकारी दिनुभयो ।

गत वैशाख १० गते घरमै खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएपछि कार्यपालिका सदस्य यादवको निधन भएको थियो । उहाँका दुई छोरा र एक छोरी छन् ।

दलित परिवारलाई चामल

सिरहाका एक व्यक्तिले दलित र विपन्न परिवारलाई चामल बाँडेर जन्मदिन मनाउनुभएको छ । लामो समयदेखि खाडी मुलुक दुबईमा रोजगारी गर्दै आउनुभएका गोलबजार घर भएका धनपति महतोले आफ्ना नाति अदरितको आठौँ जन्मदिनको अवसर पारेर दलित मुसहर समुदायलाई मङ्गलबार चामल बाँड्नुभएको हो । महतोले गोलबजार नगरपालिका–१ स्थित मुक्सार गुलरियाका ५० घर मुसहर परिवारलाई चामल बाँडिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?