वीर अस्पताललाई दुईवटा मेसिन उपलब्ध गराइयो

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २६, २०७९
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौंको ईश्वर मन्दिर नामक एक सामाजिक संस्थाले दुईवटा इलेक्ट्रो लाइट एनलाईजर वीर अस्पताललाई उपलब्ध गराएको छ ।
  • सोमबार एक कार्यक्रमका बीच संस्थाका प्रमुख संरक्षक एवम् पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले रगत परीक्षणका लागि अति उपयोगी हुने सो मेसिन अस्पतालका निर्देशक डा.
  • भुपेन्द्र बस्नेतलाई हस्तान्तरण गरेका हुन् ।

काठमाडौंको ईश्वर मन्दिर नामक एक सामाजिक संस्थाले दुईवटा इलेक्ट्रो लाइट एनलाईजर वीर अस्पताललाई उपलब्ध गराएको छ । सोमबार एक कार्यक्रमका बीच संस्थाका प्रमुख संरक्षक एवम् पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले रगत परीक्षणका लागि अति उपयोगी हुने सो मेसिन अस्पतालका निर्देशक डा.भुपेन्द्र बस्नेतलाई हस्तान्तरण गरेका हुन् ।
अमेजिन प्यारेन्स भन्ने अष्ट्रेलियामा रहेको एक संस्थाले उपलब्ध गराएको सो मेसिन गरिब र असहायहरूले उपचार गरिरहेको वीर अस्पताललाई उपलब्ध गराइएको संस्थाका प्रमुख संरक्षक कोइरालाले बताए ।
यता,अस्पतालका निर्देशक बस्नेतले गरिबीको जीवन रक्षाका लागि अति आवश्यक मेसिन उपलब्ध गराएको भन्दै संस्थाप्रति आभार व्यक्त गरे । सो संस्थाले नेपालको शिक्षा, स्वास्थ्य र भूकम्पपछिको पुनर्निर्माणमा काम गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?