कार दुर्घटनामा एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २०, २०७६
|
|
२८ पटक हेरिएको
Shares
कार दुर्घटनामा एकको मृत्यु

सारांश

  • तौलिहवा, २० वैशाख ।
  • पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकाको कैला खोला नजिकै आज बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
  • दाङबाट कपिलवस्तुको चन्द्रौटा तर्फ जाँदै गरेको बा १४ च ८४४५ नं को कार दुर्घटना हंँदा कारमा सवार रामपुर ६ दाङका ४७ वर्षीय तीर्थ आचार्यको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक बाबुराजा पन्तले बताउनुभयो ।

तौलिहवा, २० वैशाख । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकाको कैला खोला नजिकै आज बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

दाङबाट कपिलवस्तुको चन्द्रौटा तर्फ जाँदै गरेको बा १४ च ८४४५ नं को कार दुर्घटना हंँदा कारमा सवार रामपुर ६ दाङका ४७ वर्षीय तीर्थ आचार्यको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक बाबुराजा पन्तले बताउनुभयो ।
यसैगरी कारमा सवार लमही– ८ दाङका २७ वर्षीय अनिलकुमार चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते चौधरीको हाल प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । कार अनियन्त्रित भई सडकबाट करीब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

(https://www.madisonavenuemalls.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?