एकैपटक चालिस जिल्लामा ठूला खानेपानी आयोजना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ११, २०७३
|
|
२४६ पटक हेरिएको
Shares
एकैपटक चालिस जिल्लामा ठूला खानेपानी आयोजना

सारांश

  • खानेपानी तथा ढल निकास विभागले उच्च तथा मध्यस्तरीय खानेपानी आयोजना ४० जिल्लामा सञ्चालन गर्न लागेको छ ।
  • सबै जनतालाई शुद्ध खानेपानी पुर्याउने योजनाका साथ विभागले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
  • खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सबै जनतालाई शुद्ध खानेपानी पुर्याउने लक्ष्यअनुसार मन्त्रालयले विभिन्न चरणमा काम गरिरहेको बताए।

खानेपानी तथा ढल निकास विभागले उच्च तथा मध्यस्तरीय खानेपानी आयोजना ४० जिल्लामा सञ्चालन गर्न लागेको छ । सबै जनतालाई शुद्ध खानेपानी पुर्याउने योजनाका साथ विभागले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सबै जनतालाई शुद्ध खानेपानी पुर्याउने लक्ष्यअनुसार मन्त्रालयले विभिन्न चरणमा काम गरिरहेको बताए। उनले भने, “तराईमा आर्सनिकरहित पानी खुवाउनदेखि पहाडमा मोटरबाट पानी तानेर खुवाउन मन्त्रालय लागिपरेको छ ।”
राज्यमन्त्री खड्काले सन् २०१७ को अन्त्यसम्म सबै नेपालीलाई पानी खुवाउने लक्ष्यअनुसार मन्त्रालय जुटिरहेको स्पष्ट पारे ।

विभागका उपसचिव अरुणकुमार सिम्खडाले मुख्य पानीको अभाव हुने क्षेत्रलाई लक्षित गरी मन्त्रालयको अग्रसरतामा विभागले ठूला खानेपानी आयोजना सञ्चालन गरेको जानकारी दिए । उनले भने, “४० जिल्लामा ११० खानेपानी आयोजना सञ्चालन गर्न लागेका छौँ ।”

विभागले ताप्लेजुङ, इलाम, झापा, उदयपुर, सुनसरी, मोरङ, रामेछाप, दोलखा, नुवाकोट, काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक, भक्तपुर, मकवानपुर, रौतहट, बारा, नवलपरासी, पाल्पा, गुल्मी, मुगु, जुम्ला, रुकुम, कैलाली, कञ्चनपुर, डोटीलगायत जिल्लामा ११० आयोजना सञ्चालन गर्न लागेको हो ।

विभागले गत आवमा ७४ आयोजना सञ्चालन गरेको थियो । प्रत्येक आयोजनामा ५० लाखभन्दा बढी बजेट खर्च हुने उपसचिव सिम्खडाले बताए । यो आयोजना सञ्चालनका लागि विभागले ८२ करोड ५० लाख विनियोजन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाँके ३ (१) मा आइपी खरेल विजयी
बाँके ३ (१) मा आइपी खरेल विजयी
कोहलपुर महोत्सवमा रक गायिका लामाले कपडा फाल्दै जाँदा..
कोहलपुर महोत्सवमा रक गायिका लामाले कपडा फाल्दै जाँदा..
स्टार स्पोर्ट्सबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण हुने
स्टार स्पोर्ट्सबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण हुने
राजेश हमालले यसरी पूरा गरे विजयकुमारसँग गरेको वाचा (भिडियो)
राजेश हमालले यसरी पूरा गरे विजयकुमारसँग गरेको वाचा (भिडियो)
निर्वाचन परिणामपछि प्रधानमन्त्रीले राजीनामा दिनुपथ्र्यो : प्रदिप पौडेल (अन्तर्वार्ता)
निर्वाचन परिणामपछि प्रधानमन्त्रीले राजीनामा दिनुपथ्र्यो : प्रदिप पौडेल (अन्तर्वार्ता)
एसइईमा ‘होम सेन्टर’ परिवर्तनले कर्णालीका परीक्षार्थी मर्कामा
एसइईमा ‘होम सेन्टर’ परिवर्तनले कर्णालीका परीक्षार्थी मर्कामा
नक्कली स्टीकरसहित पक्राउ
नक्कली स्टीकरसहित पक्राउ
मधेसमा उपेन्द्र यादव र सिके राउतको वर्चस्वको लडाइँ
मधेसमा उपेन्द्र यादव र सिके राउतको वर्चस्वको लडाइँ
नेकपा एमालेबाट २४ जिल्लामा उम्मेदवारी टुङ्गो ! हेर्नुहोस को को परे नाम लिस्ट सहित !
नेकपा एमालेबाट २४ जिल्लामा उम्मेदवारी टुङ्गो ! हेर्नुहोस को को परे नाम लिस्ट सहित !
भ्रष्ट र चाकडीवाजले कसरी सिध्याए राष्ट्रिय प्रकृति संरक्षण कोष ?
भ्रष्ट र चाकडीवाजले कसरी सिध्याए राष्ट्रिय प्रकृति संरक्षण कोष ?

तपाईंले छुटाउनुभयो कि?