कास्कीमा रबिन्द्र पत्नी विद्या भट्टराई उम्मेदवार बन्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ९, २०७६
|
|
३१ पटक हेरिएको
Shares
कास्कीमा रबिन्द्र पत्नी विद्या भट्टराई उम्मेदवार बन्ने

सारांश

  • नेपाल कम्युनिष्ट पार्टीबाट कास्कीमा हुन गइरहेको उपचुनावमा विद्या भट्टराई उम्मेदवार बन्ने लगभग पक्का भएको छ ।
  • नेकपा कास्कीबाट उनको नाममा सर्वसम्मत भएपछि उम्मेदवार बन्ने सम्भावना बलियो भएको हो ।
  • विद्याको नाममा जिल्ला तहमा सहमति बनेकाले केन्द्रीय तहमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड बसेर टुंगो लगाउने भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीबाट कास्कीमा हुन गइरहेको उपचुनावमा विद्या भट्टराई उम्मेदवार बन्ने लगभग पक्का भएको छ । नेकपा कास्कीबाट उनको नाममा सर्वसम्मत भएपछि उम्मेदवार बन्ने सम्भावना बलियो भएको हो ।

विद्याको नाममा जिल्ला तहमा सहमति बनेकाले केन्द्रीय तहमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड बसेर टुंगो लगाउने भएका हुन् । उपाध्यक्ष वामदेव गौतम पछि हटेपछि विद्याको उम्मेवारी लगभग पक्का बनेको हो ।

नेकपाको जिल्ला कमिटिले चुनाव जित्नसक्ने उम्मेदवार विद्या नै भएको रिपोर्ट तयार गरेको बुझिएको छ । अनेरास्ववियूबाट विद्यार्थी राजनीतिक गरेकी विद्याको राजनीतिक जीवनकै क्रममा विवाह भएको थियो ।

यसअघि रवीन्द्र अधिकारीले चुनाव जितेको उक्त क्षेत्रमा उनको निधनपछि सिट खाली भएको थियो । कास्कीमा लोकप्रीय रवीन्द्रको गत वर्ष हेलिकोप्टर दुर्घटनामा ताप्लेजुङमा ज्यान गएको थियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?