एम्बाप्पे रियल मड्रिड आउने हल्लालाई जिदानले अस्वीकार गरे
सारांश
- काठमाडौं।
- फ्रासका स्टार युवा स्ट्राइकर किलियन एम्बाप्पे रियल मड्रिड आउने हल्लालाई जिनेदिन जिदानले अस्वीकार गरेका छन् ।
- केही समयदेखि एम्बाप्पेले पिएसजीमा आफ्नो भविष्य नदेखेको र रियल मड्रिड जान चाहेको हल्ला चलेको थियो ।
काठमाडौं। फ्रासका स्टार युवा स्ट्राइकर किलियन एम्बाप्पे रियल मड्रिड आउने हल्लालाई जिनेदिन जिदानले अस्वीकार गरेका छन् । केही समयदेखि एम्बाप्पेले पिएसजीमा आफ्नो भविष्य नदेखेको र रियल मड्रिड जान चाहेको हल्ला चलेको थियो । केही मिडियामा उनको रियलसँगको सम्बन्धलाई लिएर उनलाई जिदानले लैजान लागेको समाचारहरु आएका थिए ।
‘उनी ९एम्बाप्पे० जहाँ छन् त्यहीँ ठिक छन्’ जिदानले बोर्डेअक्समा एउटा च्यारिटी म्याच खेलेर बाहिरिने क्रममा भनेको स्पेनिस मिडिया मार्काले लेखेको छ । त्यसपछि अन्य प्रश्नको भने उनले जवाफ नदिइ बाहिरिएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया