किंगको विवाद माफीपछि मिल्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १२, २०७३
|
|
२१८ पटक हेरिएको
Shares
किंगको विवाद माफीपछि मिल्यो

सारांश

  • वितरण प्रणालीलाई लिएर फिल्म ‘किङ्ग’ मा उब्जिएको विवाद साम्य भएको छ ।
  • पुष २९ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मलाई दुई व्यक्ति तथा दुई कम्पनी गरी चार पक्षले वितरण गर्ने भएका छन् ।
  • निर्माता जयन श्रेष्ठका अनुसार राजधानीमा ‘किङ्ग’ लाई गोपालकाजी कायस्थ र गोविन्द शाही अनि मोफसलमा एफडि र डिसिएनले वितरण गर्नेछन् ।

वितरण प्रणालीलाई लिएर फिल्म ‘किङ्ग’ मा उब्जिएको विवाद साम्य भएको छ । पुष २९ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मलाई दुई व्यक्ति तथा दुई कम्पनी गरी चार पक्षले वितरण गर्ने भएका छन् ।

निर्माता जयन श्रेष्ठका अनुसार राजधानीमा ‘किङ्ग’ लाई गोपालकाजी कायस्थ र गोविन्द शाही अनि मोफसलमा एफडि र डिसिएनले वितरण गर्नेछन् । ‘सबैलाई बराबरी भाग लाग्नेछ’ निर्माता श्रेष्ठले भने, ‘सबै मिलेर वितरण गर्ने सहमती भएको छ ।’ वितरकद्वाय श्रेष्ठ र शाहीले पनि मिलेर राजधानीमा ‘किङ्ग’ लाई वितरण गर्ने बताए । चार पक्षले वितरण गर्दा फिल्मलाई स्वतः हल बढी पर्नेछ ।

सविर श्रेष्ठ निर्देशित फिल्म ‘किङ्ग’ मा निखिल उप्रेती, अनुपविक्रम शाही, बेनिशा हमाल, रुपा राणा, जगन श्रेष्ठ, प्रज्जवल सुजल गिरी लगायत कलाकारहरुको अभिनय रहेको छ भने छायाँकन संजय लामाले गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?