क्षेत्रिय स्तरका वित्तीय संस्थालाई प्रदेश स्तरमा लैजान निर्देशन, चुक्ता पूँजीमा समेत हेरफेर

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
क्षेत्रिय स्तरका वित्तीय संस्थालाई प्रदेश स्तरमा लैजान निर्देशन, चुक्ता पूँजीमा समेत हेरफेर

सारांश

  • काठमाडौं, १५ पुस ।
  • नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रदेश अनुसार वर्गीकरण गरेको छ ।
  • क्षेत्रिय स्तरमा संचालनमा रहेका बैंक तथा वित्तीय संस्थालाई प्रदेश अनुसार संचालन गर्न निर्देशन दिएको हो ।

काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रदेश अनुसार वर्गीकरण गरेको छ । क्षेत्रिय स्तरमा संचालनमा रहेका बैंक तथा वित्तीय संस्थालाई प्रदेश अनुसार संचालन गर्न निर्देशन दिएको हो । प्रदेश अनुसार संचालन गर्न लागिएपछि चुक्ता पूँजीमा समेत हेरफेर गरेको छ ।

एउटै प्रदेशमा मात्रै शाखा विस्तार तथा कारोवार सञ्चालनका लागि विकास बैंकको चुक्ता पूँजी एक अर्ब २० करोड रुपैयाँ तोकेको छ । त्यस्तै फाइनान्स कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ  छ । हाल संचालनमा रहेका जिल्लाहरु एकै प्रदेशमा नभएमा २०७७ असार भित्रमा उक्त शाखा विक्री, बन्द वा स्थानान्तरण गरी आफ्नो कार्यक्षेत्र एउटै प्रदेश भित्र सिमित गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

प्रादेशिक वा राष्ट्रियस्तरमा स्तरोन्नति हुने क्रममा चुक्ता पूँजी पूरा गर्ने प्रयोजनाका लागि गाभ्ने तथा गाभिने वा प्राप्तिसम्बन्धी कार्यलाई प्राथमिकता दिन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्छु : शशाङ्क कोइराला
लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्छु : शशाङ्क कोइराला
शहर कब्जा गर्नेक्रममा चौध सुरक्षाकर्मी मारिए
शहर कब्जा गर्नेक्रममा चौध सुरक्षाकर्मी मारिए
नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
आगामी तीन या चार हप्तामा उत्तर कोरियासँग वार्ता गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प !
आगामी तीन या चार हप्तामा उत्तर कोरियासँग वार्ता गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प !
चिसो बढेपछि असहाय र बृद्धबृद्धालाई उपमहानगरले गर्यो आगो ताप्ने व्यवस्था
चिसो बढेपछि असहाय र बृद्धबृद्धालाई उपमहानगरले गर्यो आगो ताप्ने व्यवस्था
दैनिक झण्डै ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट
दैनिक झण्डै ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट
प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी चाहियो : प्रदीप ज्ञवाली
प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी चाहियो : प्रदीप ज्ञवाली
पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष
पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष
एमाले प्रचार विभागमा ११ जना मनोनीत
एमाले प्रचार विभागमा ११ जना मनोनीत
बजेटको विरोध गर्नुपर्ने कारण छैन : महासचिव पौडेल
बजेटको विरोध गर्नुपर्ने कारण छैन : महासचिव पौडेल

तपाईंले छुटाउनुभयो कि?