​दरबारमार्गको होटलमा बलात्कार: डिएसपी छानबिनमा, इन्सपेक्टर पक्राउ !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
५२ पटक हेरिएको
Shares
​दरबारमार्गको होटलमा बलात्कार: डिएसपी छानबिनमा, इन्सपेक्टर पक्राउ !

सारांश

  • काठमाडौं, माघ १६ ।
  • दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा ४ जनाको समूहले एक युवतीलाई गत बिहीबार राति ‘सामूहिक बलात्कार’ गरेको घटनामा प्रहरी वृत, दरबारमार्गका डिएसपी र इन्सपेक्टर छानबिनमा तानिएका छन् ।
  • बलात्कृत युवतीको उजुरी लिन अस्वीकार गर्दै मिलापत्र मिलाइएपछि दरबारमार्गका डिएसपी तिलक भारती र इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी छानबिनमा तानिएका हुन् ।

काठमाडौं, माघ १६ । दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा ४ जनाको समूहले एक युवतीलाई गत बिहीबार राति ‘सामूहिक बलात्कार’ गरेको घटनामा प्रहरी वृत, दरबारमार्गका डिएसपी र इन्सपेक्टर छानबिनमा तानिएका छन् ।

बलात्कृत युवतीको उजुरी लिन अस्वीकार गर्दै मिलापत्र मिलाइएपछि दरबारमार्गका डिएसपी तिलक भारती र इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी छानबिनमा तानिएका हुन् । इन्सपेक्टर ठकुरीलाई नियन्त्रणमै लिएर गणमा राखी छानबिन थालिएको स्रोत बताउँछ।

बलात्कारलगत्तै युवती उजुरी लिएर महानगरीय प्रहरी वृत्त दरबार मार्ग पुगे पनि प्रहरीले मिलापत्र गराएको थियो । बलात्कारको घटना सामान्य मिलापत्रमा मिलाएको भन्दै उनीहरुलाई प्रहरी हेर्डक्वार्टरकामहानगरी प्रहरी परिसरका एसपी रामदत्त जोशीको संयोजकमा घटनाबारे सोधपुछ गर्न लागेको हो ।

सामान्य मिलापत्रमा बलात्कारजस्तो मामला मिलाइएको सार्वजनिक भएसँगै महानगरीय प्रहरी परिसरले डीएसपी भारती र इन्सपेक्टर ठकुरीमाथि छानबिन थालेको हो ।

स्रोतका अनुसार युवतीलाई ३० लाख रुपैयाँ दिने सर्तमा उजुरी नगर्न फकाइएको थियो । बिहिबार बेलुका युवती आफ्ना एक केटा साथीसँग कमलादीस्थित ल्याण्डमार्क होटलमा गएकोमा अन्य तीन जनाले मदिरा पिएर उनलाई बलात्कार गरेका थिए ।

साथीसहित होटलमा बसेकी ती युवतीलाई अबेर राति आएका केटाका ३ जना साथीले बिहिबार राती सामूहिक बलात्कार गरेका थिए । शुक्रबार बिहान करिब ८ बजे उनीहरुले ती युवतीलाई ट्याक्सीमा राखेर घर छाडिदिन भनेका थिए । युवतीले भने आफू बलात्कृत भएको बताउँदै घर होइन, प्रहरीकहाँ लगिदिन ट्याक्सी ड्राइभरलाई आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?