डोल्पामा केन्द्रीय प्रसारण लाइनको परीक्षण सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २९, २०७९
|
|
३५ पटक हेरिएको
Shares
डोल्पामा केन्द्रीय प्रसारण लाइनको परीक्षण सुरु

सारांश

  • जाजरकोट ।
  • डोल्पाको दुनैसम्म केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण सुरु भएको छ ।
  • रुकुमपश्चिमको त्रिवेणीबाट डोल्पाको दुनैसम्मको प्रसारण लाइनको परीक्षण आजदेखि सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ ।

जाजरकोट । डोल्पाको दुनैसम्म केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण सुरु भएको छ । रुकुमपश्चिमको त्रिवेणीबाट डोल्पाको दुनैसम्मको प्रसारण लाइनको परीक्षण आजदेखि सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ ।

डोल्पामा दुई वर्षअघि केन्द्रीय प्रसारण लाइन निर्माण सुरु भएको थियो । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको गोतामबाट त्रिवेणी हुँदै डोल्पाको त्रिपुराकोटबाट सदरमुकाम दुनैसम्म परीक्षण सुरु भएको र दुई हप्ताभित्र दुनैसम्म विद्युत् सेवा सञ्चालन गर्न सकिने प्रदेश कार्यालयको भनाइ छ ।

जाजरकोट खण्डमा समेत पोल गाड्नेदेखि प्रसारण लाइनको कामा भइरहेको प्रदेश कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमै दुनैसम्म बत्ती बाल्ने योजना भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण चालु आर्थिक वर्षको अन्तिम चौमासिकमा निर्माण सम्पन्न भएको हो । जसबाट एघार केभी प्रसारण लाइन अहिले यहाँ पु¥याउन लागिएको हो भने ३३ केभी प्रसारण लाइनको सब स्टेसन त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र त्रिपुराकोटमा निर्माण जारी छ ।

जाजरकोट सदरमुकामदेखि डोल्पाको दुनैसम्म एक सय १८ किलोमिटर लम्बाइ छ । जाजरकोट डोल्पा सडक खण्डसँगै जोडेर काम भइरहेको छ । जाजरकोटको नलगाड नगरपालिकाको चौखामा सबस्टेसनको कामसमेत निरन्तर जारी छ ।

डोल्पाको पालिकास्तरमा विद्युतीकरणका लागि अघिल्लो आवमा ठेक्का लागेपछि काम भने अहिले सुरु भएको विद्युत् प्राद्यिकरण डोल्पा वितरण केन्द्रले जनाएको छ । मुख्य लाइनबाट सहायक लाइन निर्माण गरी तल्लो र मध्य डोल्पामा विद्युतीकरणका लागि काम सुरु गरिएको हो ।

मुडकेचुला, जगदुल्ला, ठुलीभेरी, त्रिपुरासुन्दरीका गाउँगाउँमा विद्युत् लिनका लागि सहायक लाइन निर्माण गर्न भएको ठेक्काअनुसार काम भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली झण्डाबाहक पानी जहाज सर्वप्रथम गण्डकी नदीमा चलाइने, तर कहिले ?
नेपाली झण्डाबाहक पानी जहाज सर्वप्रथम गण्डकी नदीमा चलाइने, तर कहिले ?
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
साउदी तेल खानी आक्रमणमा ‘इरानको हात’ तर ‘युद्ध नहोस्’ भन्ने ट्रम्पको चाहना
साउदी तेल खानी आक्रमणमा ‘इरानको हात’ तर ‘युद्ध नहोस्’ भन्ने ट्रम्पको चाहना
जडिबुटी–मनोहरा दोभान कालोपत्रे सम्पन्न, आगामी हप्ताबाट हनुमन्ते करिडोर निर्माण शुरु हुने
जडिबुटी–मनोहरा दोभान कालोपत्रे सम्पन्न, आगामी हप्ताबाट हनुमन्ते करिडोर निर्माण शुरु हुने
रामकुमारी झाँक्रीले भनिन्-पार्टी नटुट्ने नाममा यस्तै पनि रहन सक्दैन
रामकुमारी झाँक्रीले भनिन्-पार्टी नटुट्ने नाममा यस्तै पनि रहन सक्दैन
बारले भन्यो ‘न्याय सम्पादनमा हस्तक्षेप नगरौं,’ डाक्टर केसी र गंगामायालाई बचाउन आग्रह
बारले भन्यो ‘न्याय सम्पादनमा हस्तक्षेप नगरौं,’ डाक्टर केसी र गंगामायालाई बचाउन आग्रह
गुल्मी-२ मा रोचक भिडन्त: एमालेका गोकर्ण विष्ट र रास्वपाका पन्थीबीच ७५५ मतान्तर।
गुल्मी-२ मा रोचक भिडन्त: एमालेका गोकर्ण विष्ट र रास्वपाका पन्थीबीच ७५५ मतान्तर।
यी हुन केपी ओली सरकारलाई आइलाग्ने सम्भावित खतराहरू !
यी हुन केपी ओली सरकारलाई आइलाग्ने सम्भावित खतराहरू !
काम गर्दै जाँदा भएका गल्ती प्रधानमन्त्रीले सच्याउनुपर्छ : योगेश भट्टराई
काम गर्दै जाँदा भएका गल्ती प्रधानमन्त्रीले सच्याउनुपर्छ : योगेश भट्टराई
अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको लचकता: सेयर र ईभी कर्जामा सुविधा, राष्ट्रिय परिचयपत्रको नियममा व्यावहारिक संशोधन
अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको लचकता: सेयर र ईभी कर्जामा सुविधा, राष्ट्रिय परिचयपत्रको नियममा व्यावहारिक संशोधन