किन कर्जा लगानी घटाउँदैछन् बैंकहरु ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १, २०७८
|
|
२७ पटक हेरिएको
Shares
किन कर्जा लगानी घटाउँदैछन् बैंकहरु ?

सारांश

  • मुलुकमा पछिल्ला दिनहरुमा लगानी योग्य रकमको अभाव बढ्दै गइरहेको छ ।
  • लगानी योग्य रकम (तरलता) को अभाव हुँदै जानुले बैंक तथा वित्तीय संस्थाहरु समस्यामा परेका छन् ।
  • यसै समस्यालाई समाधान गर्न बैंकहरुले कर्जा लगानीलाई नियन्त्रत्र गदैं गएका हुन ।

मुलुकमा पछिल्ला दिनहरुमा लगानी योग्य रकमको अभाव बढ्दै गइरहेको छ । लगानी योग्य रकम (तरलता) को अभाव हुँदै जानुले बैंक तथा वित्तीय संस्थाहरु समस्यामा परेका छन् । यसै समस्यालाई समाधान गर्न बैंकहरुले कर्जा लगानीलाई नियन्त्रत्र गदैं गएका हुन ।

पछिल्लो एक सातामा बैंकहरुको कर्जा लगानी १ अर्बले घटेको छ । अधिकांश बैंकहरु आफै कर्जा दिनै नसक्ने अवस्थामा पुगेका छन् भने थोरै दिन सक्ने बैंकहरुले समेत कर्जा लगानी रोकेका छन् । बैंकहरुले कर्जाको नयाँ निवेदन नै लिनछाडे पछि कर्जा लगानी घटेको छ ।

नयाँ लगानी रोकिएको र पुरानो थोरै उठेकाले एक सातामा १ अर्ब रुपैयाँले ऋण घटेको बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार २० फागुनसम्म २७ वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७० अर्ब रुपैयाँ थियो । २७ फागुनसम्म कर्जा लगानी घटेर ४१ खर्ब ६९ अर्ब रुपैयाँमा झरेको बैंकर्स संघले बताएको छ । कर्जा लगानी ठप्प हुँदा बैंकहरुको निक्षेपमा भने झिनो सुधार देखिएको छ ।

एक साताको अवधिमा जम्मा २ अर्ब रुपैयाँले मात्रै निक्षेप बढेको संघले जनाएको छ । संघले दिएको जानकारी अनुसार २० फागुनसम्म बैंकहरुमा ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा २७ फागुसम्म बढेर ४३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुरानो नेपालको जीवन्त चित्र भेटिन्छ पोखरा सङ्ग्रहालयमा
पुरानो नेपालको जीवन्त चित्र भेटिन्छ पोखरा सङ्ग्रहालयमा
हात्तीको बथानले पाँच घर भत्कायो, अन्न सखाप
हात्तीको बथानले पाँच घर भत्कायो, अन्न सखाप
गोपाल पराजुलीलाई न्यायाधीशमा भर्ना गर्दा पराजुलीविरुद्ध ३१ दिनसम्म एक्लै लडेका यी माननीय के भन्छन ?
राष्ट्रिय युवा संघको इञ्चार्जमा महेश बस्नेत, दिपशिखा सह-इञ्चार्ज
राष्ट्रिय युवा संघको इञ्चार्जमा महेश बस्नेत, दिपशिखा सह-इञ्चार्ज
३९–४० डिग्रीसम्म अत्यधिक गर्मीले मध्य तथा पूर्वी तराईको जनजीवन कष्टकर !
आज २ हजार ७१ कोरोना संक्रमित थपिए
आज २ हजार ७१ कोरोना संक्रमित थपिए
घट्दै एचआइभी सङ्क्रमित
घट्दै एचआइभी सङ्क्रमित
आफूसँग भएको पैसा निकाल्नोस्, लगानी गर्नोस् : प्रधानमन्त्री
आफूसँग भएको पैसा निकाल्नोस्, लगानी गर्नोस् : प्रधानमन्त्री
प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने
प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने
देशबाट बाहिरिने रकम बढेपछि बैंकमा पैसाको हाहाकार हुन्छ
देशबाट बाहिरिने रकम बढेपछि बैंकमा पैसाको हाहाकार हुन्छ

तपाईंले छुटाउनुभयो कि?