कसरी सम्भव भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम टुंगो ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २, २०७४
|
|
१९ पटक हेरिएको
Shares
कसरी सम्भव भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम टुंगो ?

सारांश

  • काठमाडौँ, २ फागुन ।
  • नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको अन्तिम खाका तयार भएको छ ।
  • दुई पार्टीबीच उच्च तहमा भएको छलफलमा नयाँ पार्टीमा दुई अध्यक्ष राख्ने सहमति भएको छ ।

काठमाडौँ, २ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको अन्तिम खाका तयार भएको छ । दुई पार्टीबीच उच्च तहमा भएको छलफलमा नयाँ पार्टीमा दुई अध्यक्ष राख्ने सहमति भएको छ । दुई अध्यक्षमध्ये एमाले अध्यक्ष केपी शर्मा ओली सेरेमोनियल अध्यक्ष र प्रधानमन्त्री बन्नेछन् भने पुष्पकमल दाहाल “प्रचण्ड” कार्यकारी अध्यक्ष बन्नेछन् ।

बुधवार दिनभर केपी शर्मा ओली र प्रचण्डबीच दुई÷तीन चरणमा एक्लाएक्लै र आआफ्ना पार्टीभित्र छुट्टाछुट्टै छलफल भएको थियो । पटकपटकका यी बैठकबाट यो खाकाको टुंगो लगाइएको हो । दुबै पार्टीको बैठक दिनभर ललितपुरको कुमारीपाटीस्थित एक ठेकेदारको घरमा भएको थियो ।

यसरी मिल्यो कुरा
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि अनेकौंपटक पार्टी एकताको प्रयासमा दुई अध्यक्ष र पार्टी एकता संयोजन समितिबीच बैठक सम्पन्न भएका थिए । अन्तमा प्रचण्ड र केपी शर्मा ओलीको हैसियत समान हुने भनेपछि कुरा मिलेको बताइएको छ । अन्तिममा मिलेको सहमति अनुसार अब केपी ओली र प्रचण्ड दुबै जना पार्टीको अध्यक्ष हुनेछन् भने दुई अध्यक्षमध्ये ओली सेरेमोनियल अध्यक्ष हुनेछन् । यता, प्रचण्ड भने कार्यकारी अध्यक्ष हुनेछन् । ओली प्रधानमन्त्री हुने भएको हुनाले उनी सेरेमोनियल अध्यक्ष हुन सहमत भएका हुन् । नयाँ पार्टीमा दुई अध्यक्ष बाहेक अरु कुनै पदाधिकारी पद नबनाउने कुरामा पनि सहमति भएको छ ।

राष्ट्रपति पनि एमालेकै भागमा, माकेलाई उपराष्ट्रपति र सभामुख
प्रधानमन्त्री र राष्ट्रपति दुबै पद एमालेको भागमा परेको छ । एमालेबाट केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् भने राष्ट्रपतिमा बामदेव गौतम, झलनाथ खनाल, विद्यादेवी भण्डारी हुनसक्ने बताइएको छ । माओवादी केन्द्रले उपराष्ट्रपति र सभामुख बनाउनेछ । उपसभामुख भने एमालेकै भागमा परेको छ ।

प्रधानमन्त्रीमा पनि आलोपालो
त्यस्तै, केपी शर्मा ओली प्रधानमन्त्री भए पनि उनी साढे दुई वर्षमात्र प्रधानमन्त्री हुनेछन् । दुई पार्टीले प्रधानमन्त्री आलोपालो चलाउने सहमति गरेका छन् । साढे दुई वर्षपछि ओलीले सरकार छोडेर प्रचण्डलाई सुम्पनेछन् । त्यसपछि प्रचण्ड सेरेमोनियल अध्यक्षमा परिणत हुनेछन् भने पार्टीको कार्यकारी अध्यक्षमा ओली फर्कने छन् ।

प्रचण्डले माओवाद पनि छोडे
जनयुद्ध छाडेर संसदीय प्रतिष्पर्धात्मक बहुदलीय व्यवस्थामा प्रवेश गरेको माओवादी केन्द्रले माओवाद पनि त्याग्ने भएको छ । अब दुई पार्टीको एकताका क्रममा प्रचण्ड अर्थात माओवादी केन्द्रले माओवाद पनि छोड्ने भएको छ । नयाँ सहमतिअनुसार अब पार्टीको राजनीतिक दर्शन माक्र्सवाद र लेनिनवाद मात्र रहनेछ । त्यसैगरी पार्टीको कार्यदिशा समाजवादउन्मुख हुने भनिएको छ । त्यसकै आधारमा कार्यदिशा निर्माण गरिने सहमति भएको छ ।

यता, संगठनात्मक संरचना बनाउन चाहिँ कार्यदल बनाइने भएको छ । एउटा कार्यदलले कार्यदिशा निर्माण गर्नेछ भने अर्को कार्यदलले संगठनात्मक संरचनाको खाका तयार गर्नेछ ।

नाम : नेपाल कम्युनिष्ट पार्टी
एकतापछि पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी” राख्ने सहमति भएको छ । तर, यही नाम नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको पार्टी पहिलेदेखि नै क्रियाशील छ । नयाँ पार्टीको केन्द्रीय समिति ९९ जनाभन्दा बढी नबनाउने सहमति भएको छ भने पोलिटब्यूरो ३३ र स्थायी कमिटी ११ सदस्यीय हुने सहमति भएको स्रोतले जनाएको छ ।

सहमति जुटाउन यस्तो गरियो
एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकताको प्रयासस्वरुप आज चरण÷चरणमा वार्ता भएको थियो । प्रारम्भमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बिहान करिब ११ बजे एक्लाएक्लै वार्ता भएको थियो । आज दिनभरको वार्ता ललितपुरस्थित एक उद्योगीको घरमा भएको थियो ।

दुबै नेताले पार्टी एकताका आधारभूत मोडल र सरकार गठनबारे खाका तयार पारेका थिए । सो खाका बोकेर दुई नेताहरु आआफ्ना पार्टीको आन्तरिक छलफलमा जुटेका थिए । ओलीले आकस्मिक रुपमा सोही निवासमा पार्टी स्थायी समितिको बैठक बोलाएर ब्रिफिङ गरे भने प्रचण्डले आफ्नो निवास खुमलटारमा पार्टीका नेताहरुलाई जानकारी गराएका थिए । दुबै नेता पुनः ३ बजेतिर एक्लाएक्लै वार्तामा बसेका थिए भने सो खाकामा सहमति कायम गरी पार्टी एकता संयोजन समितिको बैठक बसालेका थिए । पार्टी एकता संयोजन समितिको बैठकले सोही खाकाबारे बैठकमा छलफल गरिरहेको छ । यही बैठकले एकताको अन्तिम खाका तयार पार्ने बताइएको छ ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    उत्तम घिमिरे

    जनझुक्क्याउ अभियानले सफल भयाै कि ?

      Comment Author

      Krishna Gopal Makaju

    Comment Author

    Krishna Gopal Makaju

    ३/२ पायसी नमिल्ने कुरै भएन नि

    Comment Author

    Siva Baburam Lamichhane

    घन्टा भयो यस्तो भए हुनि थियो भनेर देखेको सपना हो

    Comment Author

    Shamsuddin Siddique

    Haawaadaari samaachaar.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?