घट्दै एचआइभी सङ्क्रमित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २४, २०७६
|
|
२३ पटक हेरिएको
Shares
घट्दै एचआइभी सङ्क्रमित

सारांश

  • एचआइभी सङ्क्रमितको क्षेत्रमा सुदुरपश्चिम प्रदेशको तेस्रो जिल्लाका रुपमा रहेको डोटीमा पछिल्लो समय सङ्क्रमित सङ्ख्या घट्न थालेको छ ।
  • पछिल्लो तथ्याङ्क हेर्दा सङ्क्रमितको सङ्ख्या घट्न थालेको बताइएको छ ।
  • जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा कूल ९९४ सङ्क्रमित देखिएकामा हाल ७९९ ले एआरटी औषधि सेवन गरिरहेका छन् भने १७२ को मृत्यु भइसकेको छ ।

एचआइभी सङ्क्रमितको क्षेत्रमा सुदुरपश्चिम प्रदेशको तेस्रो जिल्लाका रुपमा रहेको डोटीमा पछिल्लो समय सङ्क्रमित सङ्ख्या घट्न थालेको छ । पछिल्लो तथ्याङ्क हेर्दा सङ्क्रमितको सङ्ख्या घट्न थालेको बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा कूल ९९४ सङ्क्रमित देखिएकामा हाल ७९९ ले एआरटी औषधि सेवन गरिरहेका छन् भने १७२ को मृत्यु भइसकेको छ । पछिल्ला तीन वर्षयताको तथ्याङ्क हेर्दा एचआइभी सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा रहेको देखिएको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा ४०, २०७४÷७५ मा ३५ र २०७५÷७६ मा २९ एचआइभी सङ्क्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा एचआइभी सङ्क्रमितको उपचारमा उल्लेख्य प्रगति भएका कारण सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ तर अर्थाभावका कारण दैनिक जीवनयापनमा भने समस्या परिरहेको छ ।” जिल्लामा हाल नियमित एआरटी सेवन गरिरहेका सङ्क्रमित अन्य स्वस्थ मानिससरह रहेका उहाँले जानकारी दिनुभयो ।

राज्यले एचआईभी सङ्क्रमितका सवालमा केन्द्रित रहेर कुनै कार्यक्रम ल्याउन नसक्दा जिल्लाका सङ्क्रमित दुखःमा पर्ने गरेका सङ्क्रमितको जिल्लास्तरीय सञ्जाल लालीगुराँस एकता समाजका अध्यक्ष कमला मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई राज्यका सबै क्षेत्रबाट बेवास्ता गरिएको छ, गाउँघरमा एचआइभी सङ्क्रमितका समस्या जस्ताका त्यस्तै छन्, सङ्क्रमितका समस्यामा ध्यान दिन जरुरी छ ।” पछिल्लो समय देशमा शासकीय संरचना परिवर्तन भएसँगै स्थानीय तहले बजेट निर्माणमा एचआइभी सङ्क्रमितका समस्यालाई सम्बोधन गर्न नसकेको गुनासो पूर्वीचौकी गाउँपालिकाकी एचआइभी सङ्क्रमित रमा कुँवरले गर्नुभयो ।

सङ्क्रमितको सङ्ख्या धेरै भएकाले उनीहरुका समस्या समाधानमा सबै क्षेत्रले ध्यान दिन आवश्यक रहेको एचआइभीको क्षेत्रमा कार्यरत संस्था सामुदायिक विकास मञ्चका लघुउद्यम विकास अधिकृत डिलबहादुर सिंहले बताउनुभयो । त्यस्तै छिमेकी जिल्ला अछाममा आर्थिक वर्ष २०६५÷६६ मा २२२, २०६६÷६७ मा ९३, २०६७÷६८ मा १३०, २०६८÷६९ मा ९९, २०६९÷७० मा ८६, २०७०÷७१ मा ८१, २०७१÷७२ मा ७३, २०७२÷७३ मा ६६ र आव २०७३÷७४ मा ६७ नयाँ एचआइभी सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्याङ्कमा उल्लेख छ ।

उक्त तथ्याङ्कअनुसार जिल्लामा हाल एक हजार ५६७ एचआइभी सङ्क्रमित पत्ता लागेका छन् । पत्ता लागेका बिरामी पछिल्लो समय कहीँ पनि नभेटिएकाले दोहोरिएर आउने बिरामी बढी भएका हुनसक्ने बढी छन् । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले गरेको अध्ययनअनुसार डोटीमा पत्ता लागेका एचआइभी सङ्क्रमितमा कामका लागि भारत गएर फर्केका र उनीहरुका श्रीमतीमा बढी देखिने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोलखाको झुलेमा झडप, ६ जना घाइते !
२ नम्बर प्रदेशमा कहाँ कसले जिते ?
२ नम्बर प्रदेशमा कहाँ कसले जिते ?
कोरोना संक्रमणबाट आज ११ जना को मृत्यु (विवरणसहित)
विकिलिक्सका संसार हल्लाउने ५ खुलासा यस्ता छन्
विकिलिक्सका संसार हल्लाउने ५ खुलासा यस्ता छन्
झापामा मनोनयन दर्तालाई सहज बनाउन तीन बुँदे सम्झौता
झापामा मनोनयन दर्तालाई सहज बनाउन तीन बुँदे सम्झौता
प्रचण्ड र मोदीबीच भेटवार्ता : सगरमाथाको पानी मिनरल वाटरको रुपमा विश्वभरि लैजान सहकार्य
प्रचण्ड र मोदीबीच भेटवार्ता : सगरमाथाको पानी मिनरल वाटरको रुपमा विश्वभरि लैजान सहकार्य
Latest Update अविरल वर्षाले १७ जनाको मृत्यु, विस्तृत विवरण आउन बाँकी
Latest Update अविरल वर्षाले १७ जनाको मृत्यु, विस्तृत विवरण आउन बाँकी
ओली र देउवाको हातमा राजनीति छैन्, उनीहरुको राजनीति विचौलिया र दलालको हातमा छ : प्रचण्ड
ओली र देउवाको हातमा राजनीति छैन्, उनीहरुको राजनीति विचौलिया र दलालको हातमा छ : प्रचण्ड
क्वारेन्टाइन निर्माण पूरा : सङ्क्रमण फैलन नदिन उच्च सर्तकता
क्वारेन्टाइन निर्माण पूरा : सङ्क्रमण फैलन नदिन उच्च सर्तकता
होली वाइन खुवाउने एकनाथ ढकालले हिन्दु संस्कार अनुसार गरे श्राद्ध
होली वाइन खुवाउने एकनाथ ढकालले हिन्दु संस्कार अनुसार गरे श्राद्ध

तपाईंले छुटाउनुभयो कि?