गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १८, २०८०
|
|
५१ पटक हेरिएको
Shares
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो

सारांश

  • काठमाडौं ।
  • भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’ (आइएलएस) सञ्चालनको बाटो खुलेको छ ।
  • भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको कार्यालय हैदराबाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुलेको जानकारी दिएका हुन् ।

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’ (आइएलएस) सञ्चालनको बाटो खुलेको छ ।

भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको कार्यालय हैदराबाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुलेको जानकारी दिएका हुन् ।

“भारत सरकारले नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’बाट उडानसम्बन्धी स्वीकृति दिएकोमा प्रशंसा गर्दछु । यसबाट सुरक्षित र पूर्णक्षमतामा हवाई उडान हुनेछ”, प्रधानमन्त्री दाहालले भने। उनले नवनिर्मित भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा उडानको अपेक्षा गरेको बताए।

प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई देशबीचको उडानको सम्भावना भएको र भारतबाट अतिरिक्त हवाई प्रवेश विन्दु दिन सकारात्मक रहेको जानकारी गराए। उनले भने, “भैरहवा विमानस्थलबाट एटीआर एयरक्रयाफ्टको उडान सम्भव भइसकेको छ । अब, महेन्द्रनगरबाट हवाई प्रवेश विन्दुको अनुमतिका लागि हामीले भारत सरकारसमक्ष अनुरोध गरेका छौँ ।”

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली जडान भए पनि लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन । यो प्रणाली सञ्चालनमा आउने वित्तिकै जुनसुकै मौसममा पनि जहाजले उपकरणमा आधारित प्रणालीमा रहेर जहाज अवतरण गराउन सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका हंशराज पाण्डेले बताए। यसअघि यो प्रणाली जडान भए पनि नेपाल भारत सीमाका कारण भारतबाट सञ्चालनको अनुमति नआउँदा जाडो याममा हुस्सु लाग्दा जहाजले उडान नै रद्द गर्नुपरेको थियो ।

हाल विमानस्थलमा सामान्य अवस्थामा विमान अवतरणका लागि एक हजार पाँच सय मिटर भिजिविलिटी आवश्यक पर्छ । तर आइएलएस कार्यान्वयन हुँदा कम्तीमा आठ सय मिटरको भिजिविलिटीमा पनि विमान अवतरण गराउन सकिन्छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ देखि व्यावसायिकरूपमा सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Mostbet-AZ 45 Azərbaycanda bukmeker və kazino Bonus 550+250F
साख फर्काउने कसरतमा काँग्रेस, वाम गठबन्धनलाई निरन्तरताको चुनौती
साख फर्काउने कसरतमा काँग्रेस, वाम गठबन्धनलाई निरन्तरताको चुनौती
राजनीतिक सहमतिका नाममा नेताहरुले देश बर्बाद बनाए : निरौला
राजनीतिक सहमतिका नाममा नेताहरुले देश बर्बाद बनाए : निरौला
कांग्रेसको चुनावी संकल्पमा गर्ने र नगर्ने कामहरु
कांग्रेसको चुनावी संकल्पमा गर्ने र नगर्ने कामहरु
ज्योतिषीले गरे खुलासा:कहिले आमा बन्दैछिन् प्रियंका?
ज्योतिषीले गरे खुलासा:कहिले आमा बन्दैछिन् प्रियंका?
बालेनको एक्सन : बिहान अल्फाबिटाका मालिकसँग सवाल जवाफ, दिउँसो डोजर !
बालेनको एक्सन : बिहान अल्फाबिटाका मालिकसँग सवाल जवाफ, दिउँसो डोजर !
कर्जन्हा नगरपालिकाको कार्यालयमा आगलागी, मेयरले आगजनी गराएको भन्दै चक्काजाम
कर्जन्हा नगरपालिकाको कार्यालयमा आगलागी, मेयरले आगजनी गराएको भन्दै चक्काजाम
वाम गठबन्धनले देउवा सरकारका निर्णय बदर  गर्ने तयारी
वाम गठबन्धनले देउवा सरकारका निर्णय बदर गर्ने तयारी
वायुसेवा निगमले तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ गर्ने
वायुसेवा निगमले तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ गर्ने
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच औपचारिक सम्बन्ध स्थापित
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच औपचारिक सम्बन्ध स्थापित