किन गरियो प्रदेशका मन्त्री, सांसद र विद्वानहरुलाई बहिष्कार गर्ने घोषणा ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २१, २०७५
|
|
३० पटक हेरिएको
Shares
किन गरियो प्रदेशका मन्त्री, सांसद र विद्वानहरुलाई बहिष्कार गर्ने घोषणा ?

सारांश

  • काठमाडौं, २१ असार ।
  • पहिचानसहितको प्रदेशको नामकरण लगायत माग राख्दै आन्दोलनरत तमुवान–मगरात सघर्ष समितिले ४ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, जनजाति कोटाबाट भएका सांसदहरु र विद्वान डा.
  • जगमान गुरुङलाई बहिष्कार गर्ने निर्णय गरेको छ ।

काठमाडौं, २१ असार । पहिचानसहितको प्रदेशको नामकरण लगायत माग राख्दै आन्दोलनरत तमुवान–मगरात सघर्ष समितिले ४ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, जनजाति कोटाबाट भएका सांसदहरु र विद्वान डा. जगमान गुरुङलाई बहिष्कार गर्ने निर्णय गरेको छ । संघर्ष समितिको बिहीवार सम्पन्न बैठकले त्यस्तो निर्णय गरेको हो ।

तमुवान–मगरात प्रदेश नामकरणसहितको पहिचानको आन्दोलन भइरहँदा तमुवान–मगरातको पहिचान मेटाउने गरी अपव्याख्या गर्ने कथित विद्वान डा.जगमान गुरुङ र प्रदेश न ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङलाई बहिष्कार गर्ने, पहिचानको आन्दोलनविरुद्ध विषबमन गर्ने डा. जगमान र किरणलाई कुनै कार्यक्रममा नबोलाउने, उनीहरु सहभागी कार्यक्रम बहिष्कार गर्ने निर्णय गरिएको बताइएको छ । साथै आदिवासी जनजाति कोटाबाट प्रदेशसभा सदस्य बन्ने अवसर पाएका र प्रदेशसभामा जनजातिका आवाज नउठाई दलीय खेलौना बनेका सांसदहरुलाई समेत बहिष्कार गर्ने निर्णय गरिएको तमुवान–मगरात संघर्ष समितिका संयोजक कर्म तमुले जानकारी दिए ।

पहिचानबिरुद्ध चलखेल गर्नेहरुको विरोधमा असार २२ गते बिहान ११ बजे पोखराको महेन्द्रपुलबाट बिरोध र्याली गर्ने, माग सुनुवाई नगरी गण्डकी प्रदेश घोषणा गरिएमा असार २४ गते चिप्लेढुङाबाट शबयात्रा सहित गण्डकीलाई तुलसीघाटमा अन्त्येष्टि गर्ने निर्णय गरिएको पनि संयोजक तमुले बताए । त्यस्तै, त्यतिबेलासम्म पनि आन्दोलनका मागहरु नसुनिएमा प्रदेश नं. ४ मा अनिश्चितकालीन बन्दको घोषणा गर्ने निर्णय गरिएको पनि उनले बताए ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Saroj Ghimire

    Suru vayo “ sangiyetako” fal .

    Comment Author

    आर जि बिरही

    कालो गणतन्त्रको पहिचान शुरुआत भयो है ! कुनै पनि जाति विशेषले बिदेशीको आशीर्वाद थापेर स्वदेशमै खुलाएको प्रदेश नामकरण गरे , कालो गणतन्त्र नै घाटमा बिसर्जन गरिने निश्चित छ ! हिम्मत भए अझै हतियार सहित युद्ध गरे उचित हुने थियो ! बाकी त थपडी बजाएर बस्ने थिए !

    Comment Author

    Ramesh Budhathoki

    Xora vatija daju vai lai khadi ma pathayara ta vata banda gari bas

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?