सात लाख भूकम्पपीडितको दशैं यो वर्ष पनि टहरामै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
२० पटक हेरिएको
Shares
सात लाख भूकम्पपीडितको दशैं यो वर्ष पनि टहरामै

सारांश

  • ६ असोज, काठमाडौं ।
  • २०७२ वैशाख १२ को भूकम्पले घर भत्केपछि टहरामा बसिरहेका सात लाख भूकम्पपीडितको दशैं योपटक पनि टहरामै बित्ने भएको छ ।
  • प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दराज पोखरेलले दशैंअघि डेढ लाख भूकम्पपीडितलाई टहराबाट घरमा भित्र्याउने घोषणा गरेका थिए ।

६ असोज, काठमाडौं ।

२०७२ वैशाख १२ को भूकम्पले घर भत्केपछि टहरामा बसिरहेका सात लाख भूकम्पपीडितको दशैं योपटक पनि टहरामै बित्ने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दराज पोखरेलले दशैंअघि डेढ लाख भूकम्पपीडितलाई टहराबाट घरमा भित्र्याउने घोषणा गरेका थिए । बिहीबार घटस्थापनासँगै बडादसैं सुरु भए पनि घोषणा गरेमध्ये आधा घर पनि बनेनन् ।

प्राधिकरणको तथ्यांकअनुसार बुधबारसम्म घर निर्माण सम्पन्न गर्ने लाभग्राहीको संख्या ४८ हजार नौ सय २६ पुगेको छ । लाभग्राही सूचीमा परेकामध्ये सात लाखभन्दा बढी पीडितको यसपटकको दशैं टहरामै बित्ने यो तथ्यांके पुष्टि गरेको छ । प्राधिकरणको लाभग्राहीको सूचीमा सात लाख ६५ हजार ६ सय ९८ घरधुरी सूचीकृत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?