फेरि किन सलबलायो ‘त्यो’ गिरोह ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २, २०७४
|
|
५१ पटक हेरिएको
Shares
फेरि किन सलबलायो ‘त्यो’ गिरोह ?

सारांश

  • काठमाडौं, फागुन २ ।
  • राज्यका सबै निकायहरूप्रतिको जनविश्वास र भरोसा समाप्त गरी अन्ततः नेपाललाई असफल राज्य घोषणा गराउने नियोजित चालअनुरूप न्यायपालिकामाथि शुरु गरिएको प्रहारलाई एउटा गिरोहले निरन्तरता दिएको छ ।
  • प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकता एवम् जन्ममितिलाई मुद्दा बनाएर न्यायालयमाथि प्रहार गर्ने क्रममा तीव्रता ल्याइएको छ ।

काठमाडौं, फागुन २ । राज्यका सबै निकायहरूप्रतिको जनविश्वास र भरोसा समाप्त गरी अन्ततः नेपाललाई असफल राज्य घोषणा गराउने नियोजित चालअनुरूप न्यायपालिकामाथि शुरु गरिएको प्रहारलाई एउटा गिरोहले निरन्तरता दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकता एवम् जन्ममितिलाई मुद्दा बनाएर न्यायालयमाथि प्रहार गर्ने क्रममा तीव्रता ल्याइएको छ ।

अंशबन्डा गरेर छुट्टिएका दुई राष्ट्रिय दैनिक, दुईवटा अनलाइन पत्रिका र एउटा पाक्षिक पत्रिकाका मालिकहरू, शिक्षण अस्पतालका चर्चित अनशनकारी डा. गोविन्द केसी, पूर्वप्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ र सुशीला कार्की, विवेकशील साझा नामक रहस्यमयी समूहका हाकिमहरू, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपाली काङ्ग्रेसका युवा नेता गगन थापा राज्यका विभिन्न संयन्त्रहरूलाई कमजोर बनाउन योजनाबद्ध रूपमा लागिपरेको महसुस देशवासीले गर्न थालेका छन् ।

उल्लिखित गिरोहका सदस्यको स्वार्थप्रतिकूल कुनै निर्णय हुनेबित्तिकै गोविन्द केसीले अनशन घोषणा गर्ने र अरूहरूले ‘टी सर्ट तथा क्याप’सहित माइतीघर मण्डलामा भेला भई भाषण गर्ने क्रमको चौधौँ शृङ्खला पूरा भइसकेको छ र, अब पन्ध्रौँ शृङ्खलाको लागि पृष्ठभूमि बनाउन सम्बद्ध गिरोहका सदस्य सक्रिय हुन थालेका छन् । चौधौँ शृङ्खलामा प्रधानन्यायाधीश पराजुलीको नक्कली शैक्षिक प्रमाणपत्र र अनेकौँ नागरिकता भएको विषयलाई मुद्दा बनाइएको थियो । ४४१ नम्बरको एउटा मात्र नागरिकताको प्रमाणपत्र रहेको र शैक्षिक योग्यताको प्रमाणपत्र पनि सक्कली भएको स्पष्ट भएपछि अहिले प्रधानन्यायाधीशको जन्ममितिलगायतका विषयलाई उछालेर न्यायालयमाथि प्रहार गर्न खोजिएको छ ।

यसरी प्रधानन्यायाधीश पराजुलीमाथि प्रहारको मूलतः तीनवटा कारण देखिएको छ । पहिलो, गोपाल पराजुलीले आफ्नो कार्यकाल पूरा हुनुअघि स्वार्थ–समूहको प्रतिकूल हुन सक्ने कुनै पनि प्रकारका निर्णय लिन नसकुन् भनेर । दोस्रो, गोविन्द केसीले अदालतको मानहानिका विषयमा विचाराधीन मुद्दामा केसीलाई कुनै प्रकारको कारबाही नहोस् भनेर र, तेस्रोचाहिँ सुशीला कार्की र कल्याण श्रेष्ठको बदलाको भावना रहेको बुझिन्छ । यसबाहेक केही मिडिया व्यापारीको बेग्लै स्वार्थ पनि प्रधानन्यायाधीश पराजुलीविरुद्धको अभियानसँग जोडिएको देखिन्छ ।

प्रधानन्यायाधीश पराजुलीको जन्ममिति २०१० वैशाख १६ गते कायम भएको र त्यसअनुसार उहाँको सेवाअवधि आगामी वैशाख १५ गतेसम्म मात्र कायम रहनेछ । उहाँको प्रवेशिका परीक्षाको प्रमाणपत्रमा २०११ वैशाख १३ गते जन्ममिति उल्लेख भए पनि त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सबै शैक्षिक योग्यताको प्रमाणपत्र, जन्मकुण्डली र नागरिकताको प्रमाणपत्रमा समेत २०१० वैशाख १६ गते नै अङ्कित छ । यदि पराजुलीले २०११ वैशाख १३ गतेलाई आफ्नो जन्ममिति कायम राख्न खोजेको भए उहाँले अझै १४ महिनाभन्दा बढी सेवामा रहन पाउनुहुन्थ्यो, तर यसो गर्नुलाई जायज मान्न भने कदापि सकिँदैनथ्यो । प्रवेशिका परीक्षाको प्रमाणपत्रमा उल्लिखित जन्ममितिलाई कायम गराई सेवा अवधि बढाउन खोजिएको भए नैतिक तथा कानुनी प्रश्न पनि खडा हुन सक्थ्यो ।

पराजुलीले एउटा प्रमाणपत्रमा जे लेखिएको भए पनि आफ्नो वास्तविक जन्ममितिलाई नै आधार मानेर सेवानिवृत्त हुन चाहेको स्पष्ट हुँदाहुँदै पनि न्यायालयप्रतिको विश्वसनीयता र मर्यादामाथि नै क्षति पुग्ने गरी गोयबल्स शैलीमा प्रचार गरिनुको मूल कारण बाँकी अवधिमा प्रधानन्यायाधीशबाट कुनै महत्वपूर्ण फैसला नहोस् भन्ने रहेको बुझिन्छ । हाल पराजुलीसँग जन्ममिति खुलेको (४४१ नम्बरको) एउटाबाहेक अर्को कुनै नागरिकताको प्रमाणपत्र भएको पनि कतैबाट पुष्टि हुन सकिरहेको छैन ।

यसअघि उहाँका चार पत्नी भनी बदनाम गर्न खोजिएको थियो । पहिलो पत्नी छोडेर हिँडेको, त्यसपछि विवाह भएकी पत्नीको क्यान्सरका कारण निधन भएको, यसरी निधन भएपछि विवाह गरेकी पत्नी र एक छोराको गाडी दुर्घटनामा मृत्यु भएकोले उक्त घटनाको धेरै लामो अन्तरालपछि विवाह गरेको पत्नीसँग उहाँँले आफ्नो जीवन बिताइरहनुभएको छ । वास्तविकता बुझिएपछि प्रधानन्यायाधीश पराजुलीविरुद्ध प्रयोग गर्न खोजिएको नैतिक अस्त्र फाल्न गिरोह बाध्य भएको छ ।

फागुन ८ गते अदालतको मानहानिसम्बन्धी मुद्दामा गोविन्द केसीलाई तारेख तोकिएको छ र त्यसपछि केही दिनमै उक्त मुद्दामा निर्णय सुनाइने सम्भावना छ । गोविन्द केसीबाट अदालतको मानहानि भएको ठहर भएमा सम्भवतः उनले सरकारी सेवाबाट हात धुनुपर्ने हुन्छ । शिक्षण अस्पतालको जागिर गएमा उक्त अस्पतालमा नर्श तथा चिकित्सकहरूबाट घेरिएर ‘स्लाइन फिडिङ’ लिँदै हप्तौँसम्म ‘अनशन बसेर’ राज्य संयन्त्रलाई आफूअनुकूल प्रयोग गर्ने अवस्थाको पनि अन्त्य हुनेछ । त्यसैले यतिबेला प्रधानन्यायाधीशलाई लक्षित गरी न्यायालयमाथिको सङ्गठित प्रहार पुनः शुरु भएको छ । (साभार : घटना र विचार)

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Lalit Shrestha

    न्यायलयकाे न्यायदिने ब्यक्तिनै फटा र किर्ते काम गर्छभने एस्ताले न्याए कसरी दिलाउछ भनेर बिस्वास गर्ने । बिसयान्तर माेडेर भ्रमपुर्ण लेख नलेखेकै बेस दुनियालाई थाहा छ ।

    Comment Author

    Lalit Shrestha

    न्यायलयकाे न्यायदिने ब्यक्तिनै फटा र किर्ते काम गर्छभने एस्ताले न्याए कसरी दिलाउछ भनेर बिस्वास गर्ने । बिसयान्तर माेडेर भ्रमपुर्ण लेख नलेखेकै बेस दुनियालाई थाहा छ ।

    Comment Author

    Krishna Pandeya

    यो पनि पराजुली गुटको कृते लेखक परेछ पराजुली गुटको झोले अब पालो यसैको आउनु पर्छ सरकार मा जाने तरखर होला फटाहाको

    Comment Author

    Ramhari Gautam

    Thukka tero buddhi. Bhagban yeslai sadbuddhi deu prabhu

    Comment Author

    Tanka Prasad Sangraula

    सिखर न्यूज यो गिरोह एकदमै सहि गिरोह हो। यसले माफिया, भ्रष्टाचारी, कालो बजारी, घुसखोरी (हरु) को विरोध गरी नाङ्गेझार बनाउँछ। प्रधान न्यायाधीश त झन एक नम्बरको भ्रष्ट घुसखोरी र माफिया हो। ४/४ वटा जन्म मिति भयेको ४/४ वटी स्वास्नीको पोई SLC फेल के अब यसको विरोध नगरेर आरति गर्ने त? यो गिरोहलाई मेरो पनि समर्थन छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?