चितवन–२ मा कति खस्यो मत ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १०, २०८०
|
|
४६ पटक हेरिएको
Shares
चितवन–२ मा कति खस्यो मत ?

सारांश

  • काठमाडौं ।
  • आज भइरहेको देशका तीन निर्वाचन क्षेत्रको उपनिर्वाचन अन्तर्गत बिहान १० बजेसम्मको अवधिमा चितवनको क्षेत्र नं.
  • २ मा सबैभन्दा बढी मत खसेको छ ।

काठमाडौं । आज भइरहेको देशका तीन निर्वाचन क्षेत्रको उपनिर्वाचन अन्तर्गत बिहान १० बजेसम्मको अवधिमा चितवनको क्षेत्र नं. २ मा सबैभन्दा बढी मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार चितवन २ मा बिहान १० बजेसम्म १७ प्रतिशत मत खसेको हो ।

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको छ । एक लाख २४ हजार छ सय ९५ जना मतदता रहेका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।

तनहुँ १ मा बिहान १० बजेसम्म १३।६ प्रतिशत मत खसेको छ भने शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तनहुँमा कांग्रेसका तर्फबाट भट्टराई, एमालेका खनाल, रास्वपाका वाग्लेसहित नौ दलका प्रतिनिधि प्रतिस्पर्धामा छन् । तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाताले मतदान गर्दैछन् ।

बारा २ मा भइरहेको उपनिर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको छ । उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाह लगायत १० दलका नेताले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ च्याम्पियनसीप :शनिबार नेपालको अग्निपरीक्षा
साफ च्याम्पियनसीप :शनिबार नेपालको अग्निपरीक्षा
जापानमा रोजगारीः प्रक्रिया सुरु गर्न छलफल, रोजगारीका लागि जान के–के गर्नुपर्छ ?
जापानमा रोजगारीः प्रक्रिया सुरु गर्न छलफल, रोजगारीका लागि जान के–के गर्नुपर्छ ?
शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव
शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव
भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकियो
भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकियो
चाड पर्वमा सार्वजनिकरुपमा भोजभतेर नगर्नोस्– निर्वाचन आयोग
चाड पर्वमा सार्वजनिकरुपमा भोजभतेर नगर्नोस्– निर्वाचन आयोग
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खतरामा, खतराको जिम्मा प्रतिष्ठानले नलिने
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खतरामा, खतराको जिम्मा प्रतिष्ठानले नलिने
कर्णालीको विद्युत् सङ्कट समाधानका लागि सरकारी तत्परता: खरिपाटीबाट पठाइने भयो ‘यान्त्रिक क्रेन’
कर्णालीको विद्युत् सङ्कट समाधानका लागि सरकारी तत्परता: खरिपाटीबाट पठाइने भयो ‘यान्त्रिक क्रेन’
विश्वकपमा छनोटमा अर्जेन्टिनाको झिनो सम्भावना
विश्वकपमा छनोटमा अर्जेन्टिनाको झिनो सम्भावना
राजकीय सम्मानमा साथ दाहालको अन्त्येष्टि
राजकीय सम्मानमा साथ दाहालको अन्त्येष्टि
Plank Management Software