जोशी हाइड्रोको १६ करोड ९० लाख बराबरको आईपिओ आउने

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
१८ पटक हेरिएको
Shares
जोशी हाइड्रोको १६ करोड ९० लाख बराबरको आईपिओ आउने

सारांश

  • काठमाडौ।
  • जोशी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनीले सर्वसाधारणको लागि १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ ।
  • कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १६ लाख ९० हजार ४७० कित्ता आईपिओ जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ ।

काठमाडौ। जोशी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनीले सर्वसाधारणको लागि १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १६ लाख ९० हजार ४७० कित्ता आईपिओ जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ ।

 

यस अघि कम्पनीले आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाको तीन लाख ७१ हजार ४०० कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये एक लाख २९ हजार ३९० कित्ता सेयर मात्र विक्री भएको थियो ।

 

कम्पनीले इक्रा नेपालबाट इक्रा रेटिङ्ग ’इक्रा एनपि र्आइपिओ ग्रेड ५’ पाएको छ । यस सूचकले कम्पनीको वित्तीय अवस्था सबैभन्दा कमजोर रहेको जनाउँछ । कमजोर रेटिङ्ग पाएको कारणले नै कम्पनीको सेयर किन्न इलामका स्थानीय अनिच्छुक देखिएका हुन् ।

 

कम्पनीले स्थानीयले नकिनेको शेयर समेत थप गरेर सर्वसाधारणमा शेयर जारी गर्ने भएको हो । यसअघि कम्पनीले जारी पूँजीको १० प्रतिशत स्थानीयलाई जारी पश्चात दोस्रो चरणमा सर्वसाधारणहरुलाई जारी पूँजीको ३९ प्रतिशत बराबरको १४ लाख ४८ हजार ४६० कित्ता सेयर निष्काशन गर्ने बताएको थियो । अब कम्पनीले सर्वसाधारणको लागि कुल १६ लाख ९० हजार ४७० कित्ता आईपिओ जारी गर्नेछ ।

 

जोशी हाइड्रोपावर कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।
जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । पहिलो आयोजनाको रुपमा ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा रहेको कम्पनीले २०७१ माघ १ गतेबाट उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?