वडा सदस्य पराजित लोवार राष्ट्रिय सभामा निर्वाचित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
२० पटक हेरिएको
Shares
वडा सदस्य पराजित लोवार राष्ट्रिय सभामा निर्वाचित

सारांश

  • सुर्खेतः गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा सदस्यमा पराजित नरपति लोवार राष्ट्रिय सभाको सांसदमा विजयी भएका छन्।
  • नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका उनी दलित कोटाबाट विजयी भएका हुन्।
  • राष्ट्रिय सभाको सांसद विजयी लोहार बैशाखमा कालिकोटको रास्कोट नगरपालिकाको वडा नम्बर ८ को वडा सदस्यका लागि निर्वाचन लडेका थिए।

सुर्खेतः गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा सदस्यमा पराजित नरपति लोवार राष्ट्रिय सभाको सांसदमा विजयी भएका छन्। नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका उनी दलित कोटाबाट विजयी भएका हुन्।

राष्ट्रिय सभाको सांसद विजयी लोहार बैशाखमा कालिकोटको रास्कोट नगरपालिकाको वडा नम्बर ८ को वडा सदस्यका लागि निर्वाचन लडेका थिए। तर उनी माओवादीका उम्मेदवारसँग पराजित भए।

बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा लोवारले तीन हजार ६६६ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार मित्रलाल सार्की ९६० मत प्राप्त गरे। विजयी भएपछि लोवारले राजनीतिमा आफ्नो निरन्तर समर्पणले सफलता पाएको प्रतिक्रिया दिए।

कालिकोट फुकोटका नरपति २०४७ सालदेखि एमालेमा आवद्ध भएका थिए। उनले पञ्चायती व्यवस्थामा २०४४ सालमा साविकको फुकोट गाविसको उपप्रधानपञ्चको जिम्मेवारी सम्हालेका थिए।

एमालेमा रहेर निरन्तर राजनीति गरेका लोवार २०५४ सालको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए। लामो समयेखि जातीय विभेद विरुद्ध काम गर्दै आएका उनले विजयी भएपछि पनि सोही प्रतिबद्धता दोहोर्‍याए। द्वन्द्वकालमा आठ वर्षसम्म भारत बसेका उनले राष्ट्रिय सभा सदस्यमा विजयी भएपछि छुवाछुत अन्त्यका लागि लड्ने जनाए।

प्रदेश ६ बाट राष्ट्रियसभा सदस्यमा अपांग कोटाबाट उम्मेदवारी दिएका जीवन बुढाले तीन हजार ७२० मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका गोपालप्रसाद शर्मा ९७८ मत प्राप्त गरे। उनी माओवादीमा गाउँ कमिटी, छापामार हुँदै माओवादीको सेनाको जिम्मेवारी सम्हालेका थिए।

सेना समायोजनपछि पार्टीको पोलिटव्यूरो सदस्य भएर बुढाले काम गरिरहेका छन्। प्रदेश ६ मा वाम गठबन्धनका आठै जना उम्मेदवार विजयी भएका छन्। एमालेका भैरवसुन्दर श्रेष्ठ, नन्दा शर्मा, कविता वोगटी, ठगेन्द्र पुरी र माओवादीका कालिबहादुर मल्ल, तथा युटोन लामा पनि विजयी भएका छन्।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Chuda Bogati

    हुन पनि अचम्म भो घाँठे के बयान गर्नु …… ।

    Comment Author

    Sushil Vishwakarma

    बधाई छ नरपति जि लाई

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?