एउटा शिशुलाई ३० हजारको खोप

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १५, २०७५
|
|
३२ पटक हेरिएको
Shares
एउटा शिशुलाई ३० हजारको खोप

सारांश

  • घोराही, १५ असोज।
  • एउटा बालक स्वस्थ्य, तन्दुरुस्त हुन र रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि सबै प्रकारका खोप लगाउन करीव रू ३० हजार खर्च हुने गरेको छ ।
  • एउटा बच्चा जन्मेदेखि १५ महिनाको अवधिसम्म सात पटक ११ प्रकारका खोप लगाउनुपर्ने हुन्छ ।

घोराही, १५ असोज। एउटा बालक स्वस्थ्य, तन्दुरुस्त हुन र रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि सबै प्रकारका खोप लगाउन करीव रू ३० हजार खर्च हुने गरेको छ ।एउटा बच्चा जन्मेदेखि १५ महिनाको अवधिसम्म सात पटक ११ प्रकारका खोप लगाउनुपर्ने हुन्छ । निःशुल्क यी खोपका मूल्य भने निकै महङ्गो छ । जिल्ला जनस्वास्थ्य कार्यलयकाअनुसार देशभरका बालकालिकाले लगाउने ११ प्रकारका कुनै पनि खोप नेपालमा बन्दैनन् । अधिकांश खोप छिमेकी देश भारत तथा अन्य मुलुकबाट ल्याउनु पर्छ । शिशुलाई लगाइने ती खोपको हिफाजत पनि उत्तिकै मात्रामा गर्नुपर्ने हुँदा उक्त कार्यालयले जिल्लाका विभन्न स्थानमा खोप भण्डारण केन्द्र समेत स्थापना गरेको छ ।

एउटा खोपको न्यूनत मूल्य रु ११२ देखि एक हजार ८५० सम्म पर्छ । शिशुलाई लगाइने खोप किनेको मूल्य जोडदा पाँच हजार पुग्छ । यसका साथै पूर्ण खोप लगाउन प्रयोग गर्ने भौतिक सरसामान र मानवीय श्रम सहित लाग्ने सबै खर्च जोड्दा भने एउटा बच्चालाई पूर्ण खोप लगाउनका लागि सरदर रु ३० हजार खर्च हुने उक्त कार्यालका खोप सुपरभाइजर सुनिता पण्डित बताउनुहुन्छ ।उहाँकानुसार हाल सरकारले क्षयरोग, भ्यागुते, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, इन्फुलुञ्जा बी निमोनिया, पोलियो, दादुरा रुबेला, जापानीज इन्सेफलाइटिसजस्ता रोग विरुद्धको खोप बालबालिकालाई निःशुल्क प्रदान गरिरहेको छ ।

सो कार्यालयको तथ्याङ्कअनुसार सरकारले अनुमान गरेको खोपको लक्ष्यमा दाङले राम्रो प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७४÷७५मा जिल्लामा बिसीजीमा ८७ प्रतिशत, डिपीटीमा ८५ प्रतिशत, पिसिभिमा ८६ प्रतिशत, दादुरा रुबेलामा ८५ प्रतिशत र जापानीज इन्सेफलाइटिसमा ७२ प्रतिशत लक्ष्य हाँसिल भएको उल्लेख छ ।सरकारले गत २०७४ पुस २३ गते दाङलाई पनि पूर्ण खोप जिल्ला घोषणा गरको थियो । बालबालिकालाई रोगबाट सुरक्षित राख्न सबै प्रकारका खोप अनिवार्य लगाउनुपर्ने हुन्छ । हाल जिल्लाका दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र र ३६ वटा स्वास्थ्य केन्द्रबाट बालबालिकालाई सबै प्रकारका खोप लगाइने गरेका खोप सुपरभाइजर पण्डितको भनाइ छ । त्यसैगरी स्वास्थ्य संस्थाले मात्र खोपको माग धान्न नसकेपछि सबै सरकारी अस्पताल र केही निजी स्वास्थ्य सस्थालाई पनि खोप लगाउने अनुमति दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?