किन परे काङ्ग्रेसका अध्यक्ष राहुल गान्धी पक्राउ ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाैँ ९ कात्तिक  ।
  • भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस अाइका अध्यक्ष राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेकाे छ ।
  • शुक्रबार दिउसाे एक विराेध र्यालीकाे नेतृत्व गरेबापत उनलाई प्रहरीले पक्रेकाे हाे ।

काठमाडाैँ ९ कात्तिक  । भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस अाइका अध्यक्ष राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेकाे छ । शुक्रबार दिउसाे एक विराेध र्यालीकाे नेतृत्व गरेबापत उनलाई प्रहरीले पक्रेकाे हाे । सरकारले सीवीआई प्रमुख आलोक बर्मालाई  बर्खास्त गरेकाे विरोध र्यालीमा राहुल सहभागी थिए ।

दिउसाे र्यालीबाटै पक्राउ परेका राहुल लोधी प्रहरी स्टेशनमा २ घण्टा राखेपछि छुटेका थिए ।  आम निर्वाचनकाे पूर्वसन्ध्यामा विपक्षी दलका नेता राहुल गान्धी मोदी सरकारका काम कारवाहीप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । भारतमा अाम निर्वाचन हन अब एक वर्ष बाँकी छ ।

गान्धीले लोधी रोड पुलिस स्टेशनबाट निस्कदै गर्दा प्रधानमन्त्री मोदीले बदमासी गरेको प्रतिक्रिया दिए । उनले मोदीले बदमासी गरेको विषय सम्पूर्ण भारतले बुझेको भन्दै आफु देशका लागि जतिपटक पनि गिरफ्तारी दिन तयार रहेको बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?