रुसलाई च्यालेन्ज दिन अमेरिकाद्वारा लडाकु विमान परिचालन

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २, २०७९
|
|
४१ पटक हेरिएको
Shares
रुसलाई च्यालेन्ज दिन अमेरिकाद्वारा लडाकु विमान परिचालन

सारांश

  • काठमाडौँ  ।
  • अमेरिकाको अलास्का राज्यनजिकै रुसी वायुसेनाले वमवर्षक विमान उडाएपछि अमेरिकाले पनि लडाकु विमान परिचालन गरेको छ ।
  • अलास्का राज्यनजिकैबाट रुसी वायुसेनाका दुई बमवर्षक विमानले उडान भरेपछि अमेरिकी वायुसेनाका दुई एफ १६ लडाकु जेट परिचालन गरिएको उत्तर अमेरिकी हवाई रक्षा कमाण्ड नोराडले जनाएको छ ।

काठमाडौँ  । अमेरिकाको अलास्का राज्यनजिकै रुसी वायुसेनाले वमवर्षक विमान उडाएपछि अमेरिकाले पनि लडाकु विमान परिचालन गरेको छ ।

अलास्का राज्यनजिकैबाट रुसी वायुसेनाका दुई बमवर्षक विमानले उडान भरेपछि अमेरिकी वायुसेनाका दुई एफ १६ लडाकु जेट परिचालन गरिएको उत्तर अमेरिकी हवाई रक्षा कमाण्ड नोराडले जनाएको छ ।

रुसी वायुसेनाका दुई टुपोलेभ टियू ९५ बेयर एच बमवर्षक विमानले अलास्काको हवाई रक्षा पहिचान क्षेत्र ९एडीआईएजेड० मा उडान भरेको नोराडले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

ती बमवर्षक विमानले अमेरिकी वा क्यानाडेली सार्वभौम हवाई क्षेत्रमा प्रवेश नगरेपनि हवाई रक्षा पहिचान क्षेत्रमा उडान भरेको नोराडले जनाएको छ । राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै उक्त क्षेत्रमा उडान भर्ने जहाजको पहिचान गर्ने गरिएको बताइएको छ ।

अमेरिका र क्यानाडाको संयुक्त रक्षा संगठन नोराडले रुसी हवाई गतिविधिबाट कुनै उत्तेजना वा खतरा उत्पन्न नभएको जनाएको छ ।

युक्रेनमा जारी रुसी आक्रमणसँगै रुस र अमेरिकाबीच तनाव बढिरहेका बेला रुसी वायुसेनाले अलास्काको हवाई क्षेत्रनजिकैबाट बमवर्षक विमान उडाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?