आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने नेपाल चलचित्र संघले निर्णय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०८०
|
|
३५ पटक हेरिएको
Shares
आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने नेपाल चलचित्र संघले निर्णय

सारांश

  • काठमाडौं ।
  • चलचित्र आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने नेपाल चलचित्र संघले निर्णय गरेको छ ।
  • शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले सो जानकारी गराएको हो ।

काठमाडौं । चलचित्र आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने नेपाल चलचित्र संघले निर्णय गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले सो जानकारी गराएको हो । उच्च अदालत पाटनले २०८० असार ७ गते गरेको विपक्षीहरुको नाममा हिन्दी एवम् अन्य चलचित्र प्रदर्शन नगर्नु नगराउनु भनी अल्पकालीन आदेश जारी गरेको थियो । उक्त आदेशको सम्मान गर्दै शुक्रबारबाटै नेपालभर फिल्म प्रदर्शन गर्ने निर्णय गरेको संघले जनाएको छ ।

यस्तै,नेपाल कानुनको अधिनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार रहेको समेत संघले बताएको छ । केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले हिन्दी सिनेमा आदिपुरुषमा रहेको संवादका विषयलाई लिएर काठमाडौँ महानगरभित्र हिन्दी फिल्म रोक लगाउने निर्णय गरेका थिए ।

बालेनको यस्तो निर्णयपछि पोखरा महानगरपालिका लगायतका केही स्थानीय निकायले पनि हिन्दी फिल्म रोक लगाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्बन्ध विच्छेद तथा बहुविवाहका घटना बढ्दो
सम्बन्ध विच्छेद तथा बहुविवाहका घटना बढ्दो
“मेरो उम्मेद्वारी भ्रष्टाचार मुक्त समाज निमार्णका लागि हो” : गोविन्द शर्मा
“मेरो उम्मेद्वारी भ्रष्टाचार मुक्त समाज निमार्णका लागि हो” : गोविन्द शर्मा
७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने रुसी जहाज नेपाल आयो
७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने रुसी जहाज नेपाल आयो
दुई नम्बर प्रदेशको चुनाव स्थगित, असोज २ गते  हुने,
दुई नम्बर प्रदेशको चुनाव स्थगित, असोज २ गते हुने,
चीनियाँ बिरालोको मृत्यु हँदा यसकारण चीनको सोसल मिडियामा निराशा
चीनियाँ बिरालोको मृत्यु हँदा यसकारण चीनको सोसल मिडियामा निराशा
पश्चिमा देशले युक्रेनलाई उपलब्ध गराएका हतियार रुसी सेनाले नष्ट गरेको मस्कोको दाबी
पश्चिमा देशले युक्रेनलाई उपलब्ध गराएका हतियार रुसी सेनाले नष्ट गरेको मस्कोको दाबी
भाटभटेनीको आगलागी चार घण्टापछि नियन्त्रणमा
भाटभटेनीको आगलागी चार घण्टापछि नियन्त्रणमा
कोरोना भाइरस सुरु भएको चीनको वुहानमा मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत वृद्धि
कोरोना भाइरस सुरु भएको चीनको वुहानमा मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत वृद्धि
स्वास्थ्यकर्मीमाथि नागढुंगामा दुर्व्यवहार गर्दै भिडियो बनाउने पक्राउ
स्वास्थ्यकर्मीमाथि नागढुंगामा दुर्व्यवहार गर्दै भिडियो बनाउने पक्राउ
आयातमा ‘खर्चिला’ झन्झट
आयातमा ‘खर्चिला’ झन्झट

तपाईंले छुटाउनुभयो कि?