किन बढ्यो सम्बन्ध विच्छेद गर्नेको संख्या ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
३० पटक हेरिएको
Shares
किन बढ्यो सम्बन्ध विच्छेद गर्नेको संख्या ?

सारांश

  • सल्लेरी, १० साउन  ।
  • सोलुखुम्बु जिल्लामा अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् ।
  • आव २०७३÷७४ मा सम्बन्ध विच्छेदका मुद्दा १३ वटा रहेकामा २०७४÷७५ मा बढेर १८ पुगेको छ ।

सल्लेरी, १० साउन  । सोलुखुम्बु जिल्लामा अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । आव २०७३÷७४ मा सम्बन्ध विच्छेदका मुद्दा १३ वटा रहेकामा २०७४÷७५ मा बढेर १८ पुगेको छ । जुन जम्मा मुद्दाको करीब ११ प्रतिशत हुन आउछ । सम्बन्ध विच्छेदका मुद्दामध्ये १४ वटा फछ्र्योट भएको र चार वटा मुद्दा बाँकी रहेर चालु आवमा सरेका छन् ।

सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा प्रेम विवाह, कम उमेरमा हुने विवाह, अन्तरजातीय विवाह र वैदेशिक रोजगारी मुख्य कारण रहेको जिल्ला अदालतका नायब सुब्बा भगिश्वर रसाइलीले जानकारी दिए । यस्तै आव २०७४÷०७५ मा जबर्जस्ती करणीका मुद्दा २० वटा परेका छन् । मेलमिलापका लागि पठाइएका ४६ वटा मुद्दामा जम्मा १६ वटा मुद्दामात्र मेलमिलाप भएका छन् । मेलमिलाप हुन नसक्नुका कारणमा सम्बन्धित व्यक्ति उपस्थित नहुनु, मुद्दा दायर गरेर पनि छलफलमा नआउनु र वारेसनामाजस्ता कारणले मेलमिलापबाट छिनोफानो हुने मुद्दाको संख्या कम भएको अदालतको भनाइ छ ।

यसैगरी गाली बेज्जतिमा १० मुद्दा परेको र १० वटै फैसला भएका छन् । संगठित अपराधका मुद्दा चार वटा परेकामा दुई फछ्र्योट भए । कर्तव्य ज्यान मुद्दामा चार मुद्दा परेको र चारवटै फैसला भएको जिल्ला अदालतले जानकारी दिएको छ । जिल्ला अदालतलाई ७५ प्रतिशत मुद्दा फैसला गर्न दिएको लक्ष्यअनुसार ७६ दशमलव ८२ प्रतिशत मुद्दाको फैसला भएको अदालतका नायब सुब्बा रसाइलीको भनाइ छ ।

(https://www.solidstonefabrics.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?