विश्वमै लोपोन्मुख सेतो गिद्धको गुँड नेपालमा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
विश्वमै लोपोन्मुख सेतो गिद्धको गुँड नेपालमा !

सारांश

  • जाजरकोट, १५ साउन ।
  • विश्वमै दुर्लभ तथा लोपोन्मुख अवस्थामा पुगेको सेतो गिद्धको गुँड जाजरकोटका बारेकोट गाउँपालिकामा फेला परेको छ ।
  • विश्वकै लोपोन्मुख सुन गिद्ध, चिरकालिज, सेतो गिद्ध, जलेवाजस्ता पक्षीको बासस्थानमा जाजरकोट सूचीकृत हुँदै गइरहेको छ ।

जाजरकोट, १५ साउन । विश्वमै दुर्लभ तथा लोपोन्मुख अवस्थामा पुगेको सेतो गिद्धको गुँड जाजरकोटका बारेकोट गाउँपालिकामा फेला परेको छ । विश्वकै लोपोन्मुख सुन गिद्ध, चिरकालिज, सेतो गिद्ध, जलेवाजस्ता पक्षीको बासस्थानमा जाजरकोट सूचीकृत हुँदै गइरहेको छ ।गतवर्ष भेरी नगरपालिका–११ पुल मटेलामा गुँड लगाएको सेतो गिद्धले उपयुक्त बासस्थान नभएको ठानेपछि रुकुम चौरजहारीको स्यालखोलामा गुँड सारेको पक्षी अनुसन्धानकर्ता गोविन्द सिंहले जानकारी दिए।

समुद्री सतहदेखि सातसय मिटरको उचाइमा रहेको रुकुम चौरजहारी स्यालखोलाको गुँडमा सेतो गिद्धले गतवर्ष नै अण्डा पारेर एक बच्चा कोरल्न सफल भएको थियो सिंहले भने, उक्त सेतो गिद्धले यो वर्ष पनि सोही ठाउँमा गुँड लगाएर अहिले अण्डा कोरली रहेको छ ।” अनुसन्धानकर्ता सिंहले यसवर्ष उक्त लोपोन्मुख सेतो गिद्धको गुँड बारेकोट गाउँपालिका–९ सक्ला र काप्तीको बीचमा रहेको जंगलमा फेला पारेका छन् । उक्त जंगलमा रहेको सेतो गिद्धको गुँड समुद्री सतहबाट एक हजार ५१४ मिटरको उचाइमा रहेको छ ।

सात सय मिटरको उचाइमा गुँड भएको सेतो गिद्धभन्दा एक हजार ५१४ मिटरको उचाइमा गुँड भएको सेतो गिद्ध निकै सक्रिय भएको अनुसन्धानकर्ता सिंहको भनाइ छ । उक्त जंगलमा गुँड भएको सेतो गिद्धले पहिले नै गुँडको अण्डा कोरल्नुको साथै बच्चा उडाइसकेको उनले जानकारी दिए । सबैभन्दा अग्लो ठाउँमा मलाहा हुँचीलको गुँड पनि पहिलोपटक जाजरकोटको बारेकोटमा फेला परेको छ । समुद्री सहतदेखि एक हजार ४०० मिटरको उचाइमा मलाहा हुँचीलको गुँड फेला परेपछि नेपालमै मलाहा हुँचीलकोे नौलो अभिलेखीकरण भएको छ ।

बारेकोट गाउँपालिका–९ सक्लामा फेला परेको गुँडमा मलाहा हुँचीलले अण्डा कोरलेर दुईवटा बच्चा उडाइसकेको पक्षी अनुसन्धानकर्ता सिंहले जानकारी दिए। उनका अनुसार हुँचीलविज्ञ राजु आचार्यले बारेकोट गाउँपालिमा फेला परेको मलाहा हुँचीलको गुँड नै सबैभन्दा अग्लो गाउँमा रहेको गुँड भएको प्रमाणित गरिसकेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    good news.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?