एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १, २०७६
|
|
४० पटक हेरिएको
Shares
एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी

सारांश

  • गैरआवासीय नेपाली संघको नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्ष निर्वा्चित भएका छन् ।
  • पन्तले अध्यक्षका अर्का उम्मेद्धवार कुल आचार्यलाई पराजित गरेका हुन्।
  • मतगणनाको सुरुवाती चरणमा आचार्य अगाडि रहेका थिए ।

गैरआवासीय नेपाली संघको नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्ष निर्वा्चित भएका छन् । पन्तले अध्यक्षका अर्का उम्मेद्धवार कुल आचार्यलाई पराजित गरेका हुन्। मतगणनाको सुरुवाती चरणमा आचार्य अगाडि रहेका थिए । यद्धपी निर्वाचन कमिटीले मतपरीणाम सार्वजनिक गरेको छैन् । अध्यक्षका उम्मेद्धवार पन्तले मतगणना सम्पन्न भैसकेको र भेला हुन प्रतिनिधिहरुलाई आग्रह गरेकोले उनी विजयी भएको हाम्रो बुझाई छ ।

तर, मतगणनाको अन्त्यतिर आएपछि पन्तले आचार्यलाई निकै पछाडि पारे । पन्त संघका छैटो अध्यक्ष हुन् । यसअघि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले दुई कार्यकाल, देवमान हिराचनले एक कार्यकाल, जीवा लामिछानेले एक कार्यकाल, शेष घलेले दुई कार्यकाल र भवन भट्टले संघको नेतृत्व गरेका थिए ।

बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो। नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा दुई हजार ३४० मत खसेको थियो। बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?