समानुपातिक विज्ञापनबारे सर्वोच्चको आदेशलाई पत्रकार महासंघले गर्यो स्वागत

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
२६ पटक हेरिएको
Shares
समानुपातिक विज्ञापनबारे सर्वोच्चको आदेशलाई पत्रकार महासंघले गर्यो स्वागत

सारांश

  • काठमाडौँ, ६ फागुन ।
  • नेपाल पत्रकार महासंघले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सर्वोच्च अदालतले सरकारका नाममा दिएको अन्तरिम आदेशको स्वागत गरेको छ ।
  • महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी सर्वोच्चको आदेशलाई स्वागत गर्दै त्यसलाई कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

काठमाडौँ, ६ फागुन । नेपाल पत्रकार महासंघले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सर्वोच्च अदालतले सरकारका नाममा दिएको अन्तरिम आदेशको स्वागत गरेको छ । महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी सर्वोच्चको आदेशलाई स्वागत गर्दै त्यसलाई कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सरकारका नाममा आदेश माग गर्दै रिट दायर गरेका थिए । रिट निवेदनमाथि आज प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले अन्तरिम आदेश दिएको हो ।

सर्वोच्च अदालतले “विज्ञापनको समानुपातिक वितरण प्रणालीसम्बन्धी निर्देशिका, २०६९” अविलम्ब कार्यान्वयन गर्नू, गराउनू भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ । मन्त्रिपरिषद्को निर्णयबमोजिम २०६९ चैत १ गतेदेखि लागू हुनेगरी सूचना तथा विज्ञापनको समानुपातिक वितरण प्रणालीसम्बन्धी निर्देशिका, २०६९ जारी गरेको भए पनि हालसम्म कार्यान्वयन भएको छैन ।

साना लगानी तथा श्रमजीवी पत्रकारले सञ्चालन गरेका स्वरोजगारमूलक सञ्चार माध्यमको विकास र प्रवद्र्धनका लागि सरकारी विज्ञापनमा समानुपातिक पहुँच हुनुपर्दछ भन्ने मान्यता महासंघको रहेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त मुद्दामा प्रेस काउन्सिल र पत्रकार महासंघका तर्फबाट वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, अधिवक्ता नवराज थपलिया र भक्ति घिमिरेले बहस गरेका थिए ।

(https://editorialrm.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?