निजी विद्यालय दर्ता नगरे विप्लवको जनपरिषद्को नियमअनुसार भइजाने

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
निजी विद्यालय दर्ता नगरे विप्लवको जनपरिषद्को नियमअनुसार भइजाने

सारांश

  • काठमाडौं, १६ बैशाख ।
  • नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले निजी विद्यालयहरुलाई आफ्नो जनपरिषदमा दर्ता गर्न उर्दी जारी गरेको छ ।
  • उसले निजी विद्यालयहरुलाई पत्र काट्दै दर्ता नगरे जनपरिषद्को नियमअनुसार भइजाने उल्लेख गरेको छ ।

काठमाडौं, १६ बैशाख । नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले निजी विद्यालयहरुलाई आफ्नो जनपरिषदमा दर्ता गर्न उर्दी जारी गरेको छ । उसले निजी विद्यालयहरुलाई पत्र काट्दै दर्ता नगरे जनपरिषद्को नियमअनुसार भइजाने उल्लेख गरेको छ ।

झापाका निजी विद्यालयलाई जनपरिषदमा दर्ता गर्न उर्दीसहितको पत्र काटिएको हो । नेपाल कम्युनिस्ट पार्टीद्वारा गठित समानान्तर सरकार जनपरिषद् नेपालको नाममा नेकपाले प्याब्सनमा आवद्ध विद्यालयलाई पत्राचार गरेको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) झापाका अध्यक्ष कोषराज प्याकुरेललाई समेत पत्र पठाउँदै झापाका सबै निजी विद्यालयहरुको विवरणसहित १५ दिन भित्र जनपरिषदको कार्यालयमा बोलाइएको छ । पत्रमा लिम्बुवान स्वायत्त प्रदेशको झापा जिल्ला जनपरिषद् प्रमुख सुमनसिंह पौडेलले हस्ताक्षर रहेको छ ।

पत्रमा यदि समयभित्र दर्ता नगरिएमा जनपरिषदको नियमबमोजिम हुने चेतावनी दिइएको छ । जनपरिषद्को नियम र कार्यालयबारे भने केही खुलाइएको छैन ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Milan Xr

    Good sahi kuro ho kamryad

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?